Tuesday, October 27, 2020
Home > समाचार > १७ वर्षीया रोबिनाको ह त्या गरेर आफन्तले प्रेमीको घरमा शव छोडिदिएपछि…

१७ वर्षीया रोबिनाको ह त्या गरेर आफन्तले प्रेमीको घरमा शव छोडिदिएपछि…

रौतहट । रौतहटमा एउटा अनौठो घटना सार्वजनिक भएको छ । आफ्नो घरमै निधन भएकी एक १७ वर्षकी किशोरीको शव वाकेर उनका आफन्तहरुले नै प्रेमीको घरमा लगेर राखिदिएका छन् । दुर्गाभगवती गाँउपालिका– ४ की १७ वर्षीया रोबिना मन्सुरी बुधबार मृ त भेटिएकी थिइन । उनले देह त्याग गरेको हो वा कसैले उनको ज्यान लिएको हो भन्ने कुरा अझै खुलेको छैन । आफ्नो छिमेकमै रहेका एक किशोरसंग प्रेममा रहेकी रोबिनाको निधन रहस्यमय छ ।

तर परिवारका सदस्यहरुले नै रोबिनाको शव लगेर उनका प्रेमी भनिएका युवकका दाजु जर्नेल कवारीको घरमा छाडेर गएका छन् । जर्नेल कवारीका भाई १८ वर्षीय किशोर जुनैद कवारीसंग रोबिनाको केही वर्ष देखि प्रेम थियो । आफन्तले रोविनाको शव जर्नेलको घरमा लगेर छोडेको भन्ने खबर पाएर प्रहरीले शव लगेर नारायणी उपक्षेत्रिय अस्पताल वीरगन्जमा पोष्टमार्टमा लागि लगेको छ ।

रोबिनाकी काका ३३ वर्षीय फुल महमद मन्सुरी, ४५ वर्षीय नसिरूद्दिन मन्सुरी, काकी ४० वर्षीया सहनाज खातुन र मामा ४० वर्षीय लाल महमद मन्सुरीले उनको शव प्रेमीको घरमा छोडिदिएका हुन् । रोबिनाका बुवा वैदेशिक रोजगारीका लागि भारतमा छन् भने घटना भएको समयमा उनको आमा पनि घरमा थिइनन् ।

परिवारका सदस्यले उनीहरुको प्रेम स्वीकार समेत नगरेको अवस्थामा अचानक रोबिनाको निधन हुनु र उनीहरुले शव लगेर प्रेमीको घरमा लगेर छोड्नुलाई घटना रहस्यम मानिएको छ । रोबिनाको शरिरमा निसान समेत भएको प्रहरीले जनाएको छ । पोष्टमार्टम रिपोर्ट पछि सबैकुरा खुल्ने भएपनि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । रोबिनाको प्रेमीलाई फसाउने उद्देश्यले उनका परिवारले यस्तो गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

शव लिएर आएको जर्नेलको श्रीमती लगायत केही अन्य छिमेकी महिलाले समेत देखेका कारण जुनैद कवारीलाई फसाउने उनीहरुको योजना सफल नभएको हुनसक्ने अनुमान गरिएको छ । प्रहरीले घटनामा संलग्न फुल अहमद र सहनाज खातुनलाई प्रहरीले पक्राउ गरेको छ अन्य भने फ रा र रहेको प्रहरीले जनाएको छ । प्रहरीले सोधपुछको लागि प्रेमी जुनैद, भाउजु जहिना खातुनलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । तस्बिर सेतोपाटी

Leave a Reply

error: Please Dont Copy My Content!! !!