Friday, October 23, 2020
Home > धर्म सँस्कृति > आज बिहिबारको दिन के गर्दा शुभ फल मिल्छ ? जानी राखौ

आज बिहिबारको दिन के गर्दा शुभ फल मिल्छ ? जानी राखौ

एजेन्सी – बिहिबारलाई धार्मिक दिन मानिन्छ । ब्रम्हाण्डमा अवस्थित ग्रहको गुरु मानिने वृहस्पतिको दिन मानिने बिहीबार धार्मिक दृष्टीले महत्वपूर्ण मानिन्छ । बिहिबार गरेका धार्मिक कार्यको फल तत्काल मिल्ने मानिन्छ । तर बिहिबार केही काम गर्न भने निषेध गरिएको छ ।शास्त्रमा बिहिबार कपाल नुहाउन नहुने उल्लेख छ ।

खासगरी महिलाहरुले बिहिबार कपाल नुहाउनु अशुभ मानिन्छ ।बिहिबारको दिन कपाल वा दारी काट्नु अशुभ मानिएको छ । बिहिबार नङ काट्नु र दारी काट्नु अशुभ मानिन्छ । बिहिबार कपाल धुने, कपडा सफा गर्ने, दारी काट्ने, रौ काट्ने, फेशियल, नङ काट्ने काम कहिले पनि नगर्नुस् ।

बिहीबार घरमा भएको फोहोर बाहिर फाल्नु पनि नराम्रो मानिन्छ । घरको सरसफाइ सकेसम्म बिहिबार नगर्नु नै राम्रो हुन्छ ।। लक्ष्मीको पूजा गर्नुहोस बिहिबारको दिन लक्ष्मी नारायणको दिन मानिन्छ ।

हाम्रो सोच बदल्ने प्रेरक भनाइ

समस्याबाट भाग्नु भनेको अर्को समस्यालाई निमन्त्रण दिनु हो । जीवनमा चुनौती र समस्यासँग जुध्नुपर्छ, यही जीवनको सत्य हो । एक शान्त तलाउमा कुनैपनि माझी कुशल बन्न सक्दैन ।’

विभिन्न सन्दर्भमा विचारक, दार्शनिक एवं महान व्यक्तित्वहरूले बोलेका यस्ता कुराहरूले हामीमा सकारात्मक उर्जा मिल्छ । यी भनाइहरूमा उनीहरूको जीवन भोगाइको निचोड हुन्छ । त्यसैले हाम्रा लागि निकै प्रेरणादायी हुने गर्छन् । अतः यहाँ त्यस्तै विचारक, दार्शनिक आदिको भनाइ समावेश गरिएको छ ।

यदि जिन्दगीलाई बुझ्नु छ भने, पछाडि फर्केर हेर । यदि जिन्दगी जिउनु छ भने अगाडि हेर / अज्ञात

त्यही काम चयन गर, जो तिमीलाई रुचि लाग्छ । पूरै जिन्दगीभर एकदिन पनि काम गरेको अनुभूत हुनेछैन । कन्फ्युसियस

यी छ सुख हुन्, निरोगी हुनु, ऋणि नहुनु, परदेशमा नरहनु, राम्रा साथीहरूको संगत हुनु, आफ्नो कर्मले जीविका चलाउनु र निडर हुनु । विदुर नीति

तिम्रो खुसीमा त्यही व्यक्तिहरू सामेल हुन्छन्, जसलाई तिमी चाहन्छौँ । तर, तिम्रो दु:खमा त्यही व्यक्तिहरू सामेल हुन्छन्, जसले तिमीलाई चाहन्छ । अज्ञात

Leave a Reply

error: Please Dont Copy My Content!! !!