Monday, October 26, 2020
Home > समाचार > अब यसरी सबै तहका परीक्षा सञ्चालन गर्न पाइने, यस्तो छ सरकारकाे सहमति!

अब यसरी सबै तहका परीक्षा सञ्चालन गर्न पाइने, यस्तो छ सरकारकाे सहमति!

काठमाडौ । कोरोनाका कारण रोकिएका सबै तहका परिक्षा संचालन गर्न अब विद्यालय र क्याम्पस र सबै निकायहरुलाई बाटो खुलेको छ । कोरोनाको महामारीका रोकिएका विभिन्न तहका परीक्षा सञ्चालनका लागि सरकारले सैद्धान्तिक सहमति दिएसंगै बाटो खुलेको हो ।

कोरोनाको जोखिम भएका कारण अत्याधिक भिडभाड हुने क्षेत्र संचालनका लागि सरकारले अनुमति दिएको छैन । विद्यालय र क्याम्पस पनि सोही क्षेत्रमा पर्ने भएकाले अध्ययन र परिक्षा समेत रोकिएका छन् । विद्यार्थीहरु ६ महिना देखि विद्यालय र कलेज जान पाएका छैनन् ।

सरकारले तोकेको स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाएर अब सबै तहका परिक्षा सञ्चालन गर्ने अनुमति सरकारले दिएको हो । बुधबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकारको प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सोमबार बसेको मन्त्रिपरिषद बैठकले सबै तहका परीक्षा सञ्चालनका लागि सहमति दिएको बताए

‘नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहद्वारा जारी गरिएका, जनस्वास्थ्य तथा सुरक्षा सम्बन्धी मापदण्ड पूर्ण रुपमा पालना गर्नेगरी परीक्षा सम्बन्ध आयोग, विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, परिषद, विद्यालय तथा शिक्षण संस्थाहरुलाई सबै तह विषय र प्रकृतिका परीषाहरु सञ्चालन गर्न सैद्धान्तिक स्वीकृति दिन निर्णय भएको छ’, मन्त्री ज्ञवालीले भने।

त्यस्तै शिक्षक सेवा आयोगको अध्यक्ष र दुई सदस्यको नियुक्तिका लागि लोकसेवा आयोगको अध्यक्षतमा सिफारिस समिति गठन गर्ने निर्णय भएको बताए। उनले राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीको पदपूर्ति सम्बन्धी प्रक्रियालाई निरन्तरता दिने निर्णय भएको बताए।

Leave a Reply

error: Please Dont Copy My Content!! !!