Monday, October 26, 2020
Home > भिडियो > आफ्नै श्रीमतिलाई उनकै प्रेमीसंग बिहे गराईदिने अचम्मका श्रीमान ! (भिडियो हेर्नुस्)

आफ्नै श्रीमतिलाई उनकै प्रेमीसंग बिहे गराईदिने अचम्मका श्रीमान ! (भिडियो हेर्नुस्)

काठमाडौ । दाङ्ग जिल्लाको घोराही उपमहानगर पालिकामा एउटा अनौठो घटना भएको छ । एक जना पुरुषले आफ्नै श्रीमती उनको प्रेमीसंग विवाह गराइदिएका छन् । आफु श्रीमतीवाट पीडित भएको, आफु हुँदाहुँदै पनि श्रीमती अरु पुरुषसंग सम्बन्ध राखेको थाहा पाएपछि विवाह गराइदिएको दावी गरेका छन् । श्रीमतीकै कारण लागेको ११ लाख रुपैया ऋण पनि तिर्ने सर्तमा उनले विवाह गराइदिएका थिए । सम्बन्धित समाचारकाे भिडियो हेर्न तल क्लिक गर्नुहाेस्***

तर अहिले ति महिलाले म त्यो ११ लाख रुपैया पनि तिर्दिन, मेरो अर्का पुरुषसंग सम्बन्ध पनि थिएन । अनाहकमा आरोप लगाएर विवाह गराइदिए भन्दै आरोप लगाएकी छन् । घोराहीका खड्कवहादुरले आफु समस्यामा परे भन्दै अहिले फेरी मिडिया गुहारेका छन् । उनी कामका लागि भारत गएका थिए । आफु भारतमा भएको बेलामा श्रीमती अरुसंग नजिकिएकी छन् भन्ने आफुले थाहा पाएपनि केही नबोलेको बताएका उनले आफु घरमा आएपछि पनि श्रीमतीले उस्तै ब्यवहार गर्न नछोडेपछि विवाह गरिदिएको बताएका छन् । आफु नेपाल फर्किसकेपछि पनि उनी आफ्नो प्रेमीसंगै गएर बसेको आफुले थाहा पाएको बताएका छन् ।

आफु भारतमा हुँदा त जे गरेपनि त्सको मतलब नगरेपनि आफु घरमा आउँदा पनि उस्तै ब्यवहार देखाएको बताइन् । उनले श्रीमतीको सम्बन्ध रहेका भनिएका देव बहादुर चौधरीसंग श्रीमतीको विवाह गरिदिएको बताए । आफु भारतमा हुँदा श्रीमतीले उनै चौधरीको नामवाट सहकारीवाट २ लाख रुपैया निकालेको बताएको आफुले प्रमाण फेला पारेको बताए । देव बहादुरले गाउँका सबै ब्यक्तिको अगाडी आफ्नो सन्बन्ध भएको स्वीकार गरे । त्यसपछि गाउँका सबै मिलेर उनै चौधरीसंग पठाइदिएको बताएका छन् ।

चौधरीसंग गएको श्रीमतीले ११ लाख रुपैया ऋण लगाएको बताएको छन् । अहिले भने श्रीमतीले सम्बन्ध विच्छेद गर्न नमानेको बताएका छन् । अब मलाई छुटकारा चाहियो, चौधरीले हामी २ वर्ष भन्दा पहिला देखि नै नजिक थियौ भनेर स्वीकार गरेका कारण जिम्मा लगाएर पठाएको हो । संगै बसेका छन् । तर मलाई सम्बन्ध विच्छेद दिन्न भन्छे । माया प्रेम नभए उनीहरु अहिले पनि किन संगै बस्थे त । उनीहरु अहिले पनि संगै छन् ।

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!