Thursday, October 29, 2020
Home > समाचार > नेपाल एयरलाइन्सको हङकङ उडानमा यस्तो कारणले लगाइयो प्रतिबन्ध!

नेपाल एयरलाइन्सको हङकङ उडानमा यस्तो कारणले लगाइयो प्रतिबन्ध!

काठमाडौ । नेपालमा अहिले कोरोना संक्रमितको संख्या बढिरहेको छ । नेपालवाट गएका ६ जनामा कोरोना पुष्टि भएपछि नेपाल एयरलाइन्सको हङकङ उडानमा प्रतिबन्ध लगाइएको छ । लामो समय देखि बन्द भएको उडान सुचारु नहुँदै नेपालीमा कोरोना देखिएपछि फेरी बन्द भएको हो ।

हङकङ पुगेका ११ जना मध्य ६ जनामा सोमवार कोरोना पुष्टि भएको छ । नेपालीहरुमा कोरोना पुष्टि भएपछि त्यहाँको प्रशासनले नेपाल एयरलाइन्सको उडानमा प्रतिबन्ध लगाएको छ। चिनिया समाचार संस्था द स्टयान्डर्डले सो कुराको पुष्टि गरेको छ ।

सोमवार त्यहाँ पुगेका ११ जना मध्य ७ जना विदेशीहरुमा कोरोना देखिएको हो । ति मध्य ६ जना नेपालका मात्र हुन् । अन्य ४ जना स्थानिय नागरिक रहेको समाचारमा जनाईको छ । ७ जनामा एक जना भारतीय नागरिक हुन् । चार जना महिला र दुई पुरुष नेपालीहरुमा कोरोना पुष्टि भएको हो ।

चुवाङका अनुसार हङकङ सरकारले दुई हप्ताका लागि नेपाल एयरलाइन्सको विमानलाई प्रतिबन्ध लगाएको छ। ‘यो आदेश अक्टोबर ४ देखि १७ सम्मको लागि लागू हुनेछ,’ उनले भनिन्।

Leave a Reply

error: Please Dont Copy My Content!! !!