Saturday, October 24, 2020
Home > जीवनशैली > कमाएर जिन्दगी सुखी बनाउँला भनेर दुबई गएका बिचरा शिब २ घण्टामा कामबाट निकालिए, सात महिनादेखि अलपत्र

कमाएर जिन्दगी सुखी बनाउँला भनेर दुबई गएका बिचरा शिब २ घण्टामा कामबाट निकालिए, सात महिनादेखि अलपत्र

दोहा (कतार ) — गाउँका अरू युवा झैँ बाराका शिव बच्चन साह रौनियार पनि गत मार्चमा धन कमाउने सपना बोकेर युनाइटेड अरब इमिरेट्स (युएई) पुगे । शिव काठमाडौँमा रहेको स्प्रिङ नेपाल ह्युमन रिसोर्सेज म्यानपावर कम्पनीलाई २ लाख रुपैँया बुझाएर युएई पुगेका थिए । पठाउने कम्पनीले उनलाई ‘अफिस ब्वाइ’ र ‘प्लस्टरको काम’ को भनेको थियो । त्यसमै ढुक्क भए उनी ‘क्रिस्टल फर सिरमिक कम्पनी’ मा गए ।

शिवले नेपालको म्यानपावर कम्पनीले भनेअनुसारको काम पाएनन् । उनलाई टाइल र मार्बलको काम लगाइयो । काम थालेको २ घण्टामै उनी निकालिए । काम नजानेको भनेर कम्पनीको मान्छेले उनलाई काममा नआउनू भन्यो ।कामबाट निकालिएपछि शिव केही दिन सडकमै भौँतारिए । युएईमै रहेका एजेन्ट हरिभक्त बिष्टले फेरि काम खोजिदिए तर, भिसा नभएको भनेर कम्पनीले राख्न मानेन ।

शिव युएई पुगेको सात महिना भइसकेको छ । उनी घर फर्किन चाहन्छन् । युएईस्थित नेपाली दूतावासले टिकटको व्यवस्था गरेर दूतावासकै गाडीमा दुई पटक विमानस्थल पुर्‍यायो तर, उनी विमान चढ्न पाएनन् ।उनी काममा गएको कम्पनीले उनलाई १२ हजार दिराम जरिवाना लगाएर केस चलाएको छ । त्यो जरिवाना नतिरी उनी युएई छाड्न पाउँदैनन् ।

विमानस्थलबाट फर्किनु परेपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले उनका लागि खाने र बस्ने व्यवस्था गरेको थियो । एनआरएनए प्रतिनिधिले युएईमा रहेका एजेन्ट बिष्टलाई सम्पर्क गरेर ३ हजार ५ सय दिराम कम्पनीलाई दिने सहमति गरायो र कम्पनीमा बुझाउन लगायो । बाँकी ८ हजार ५ सय दिराम कम्पनीमा नबुझाई आफूले युएई छाड्न नपाउने शिवको भनाइ छ ।

‘दूतावासमा फोन गर्दा मेरो नाम सुन्नेबित्तकै फोन काटिदिन्छन्,’ शिवले खबरहबसँग भने, ‘उद्धारको लागि धेरैतिर अनुरोध गरँ तर कतैबाट सहयोग पाइनँ ।’अहिले उनी एनआरएन युएईको संरक्षणमा छैनन् । एनआरएनए युएईका उपाध्यक्ष पासाङ शेर्पाले शिवलाई अत्यावश्यक सबै सामग्री दिएर राखेको तर उनी आफैँ हिँडेको बताए ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!