Monday, October 26, 2020
Home > समाचार > शिक्षालयकै कक्षा कोठामा पत्निले आफ्ना पतिको शव देखेपछि…

शिक्षालयकै कक्षा कोठामा पत्निले आफ्ना पतिको शव देखेपछि…

काठमाण्डौं । नेपालमा देह त्याग गर्नेहरूकाे सँख्या बढिरहकाे छ । मदन भण्डारी स्मृति प्रतिष्ठान अन्तरगतको बहुप्राविधीक शिक्षालय दमक –४ ताराबारीमा कार्यरत एक कर्मचारीको शव कक्षा कोठा भित्रै फेला परेको छ । यसरी ज्यान गुमाउनेमा मुक्तीनाथ दाहाल रहेका छन् । सोमबार शिक्षालयको कक्षा कोठामै उनी यस्तो अवस्थामा फेला परेका थिए । उक्त शिक्षालय मोरंग उर्लाबारी–३ मंगलबारेमा रहेको प्रतिष्ठानसँग आवद्ध रहेको छ ।

शिक्षालयको लेखा तथा प्रशासन शाखाको प्रमुख पदमा कार्यरत दाहाल सँधै झै सोमबार पनि बिहान देखि नै काममा आएका थिए । उनकी श्रीमति शान्ता अधिकारी पनि सोही शिक्षालयमा कार्यरत छिन् । १० बजे पछि श्रीमतिले मोटरसाइकल देखेर आफ्ना श्रीमान्लाई खोजिन् । शान्ता अधिकारी दाहाल र नातेदार मात्रीका लामिछानेले मोटरसाईकल मात्र देखेर खोजी गर्दा उनको शव कक्षा कोठाको सिलीङमा झु’ण्डी’ए’को अवस्थामा भेटिएको उक्त शिक्षालय स्रोतले जनाएको छ ।

उनले देह त्याग गरेको अनुमान गरिएको छ । तर उनको निधन बारे हालसम्म कुनै कारण नखुलेको र अनुसंन्धान हुने ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । दाहाल प्रतिष्ठान स्थापना भएदेखि नै २०५२ सालबाट कार्यरत थिए । उर्लाबारीको डिबी मार्गका स्थायी बासीन्दा दाहालका श्रीमती शान्ता र दुई छोरा छन् ।

चिनियाँ खोपको सामूहिक परीक्षण अनिश्चित
बंगलादेशमा कोरोना भाइरसको चिनियाँ खोपको सामूहिक परीक्षण अनिश्चित बनेको छ । चिनियाँ औषधि निर्माता सिनोभ्याक बायोटेक लिमिटेडले बाङ्लादेशसँग परीक्षणका लागि आंशिक लगानी गर्नुपर्ने शर्त राखेपछि सो परीक्षण अन्यौलमा परेको हो । चिनियाँ खोपको सामूहिक परीक्षण गरिनेबारे बंगलादेशमा निकै प्रचार गरिएको थियो ।

सिनोभ्याक बायोटेक लिमिटेडले सेप्टेम्बर २४ मा बंगलादेशलाई एक पत्र लेख्दै रकम नगरेसम्म परीक्षण कार्य अगाडि बढाउन नसकिने जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ‘सिनोवाकले हामीले पनि लगानी गर्‍यौं भने मात्र उनीहरू परीक्षण अगाडि बढाउन समर्थ हुनेछ, हामी प्रधानमन्त्रीसँग कुरा गरिसकेपछि निर्णय लिनेछौं,’ स्वास्थ्य सेवा विभागका सचिव अब्दुल मन्नान भनेका छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!