Saturday, October 24, 2020
Home > जीवनशैली > पाँच शिशुलाई जन्म दिएकि आमाको स्वास्थ्य सामान्य, एक शिशुको गर्भमै मृत्यु

पाँच शिशुलाई जन्म दिएकि आमाको स्वास्थ्य सामान्य, एक शिशुको गर्भमै मृत्यु

काठमाडौँ– थापाथली स्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा एक महिलालले ५ जना शिशुलाई जन्म दिएकी छन् । नुवाकोटकी २८ वर्षीया एक महिलाले ५ जना शिशुलाई जन्म दिएकी हुन् । अस्पतालका स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर कृतिपाल सुवेदीको नेतृत्वमा शल्यक्रियामार्फत ५ जना शिशुको जन्म भएको हो । डा सुवेदीको टोलीले शल्यक्रियामार्फत जन्माइएको शिशुहरु मध्ये एकजना भने गर्भमै मृत थिए ।

अन्य ४ जनाको एनआइसीयुमा अब्जरभेसनमा राखिएको डा सुवेदीले खबरहबलाई बताए । ४ जना शिशु र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको डा सुवेदीले बताए । डा सुवेदीका अनुसार ८ महिनाको गर्भ भएकी ती महिलाको सोमबार बिहान ४५ मिनेटमा ५ वटा शिशु शल्यक्रियामार्फत जन्मिएका हुन् । ४ शिशुहरुको तौल क्रमश: १ किलो ९ सय ग्राम, १ किलो ८ सय ग्राम, १ किलो ६ सय ग्राम र ८ सय ग्राम रहेको छ ।

डा सुवेदीका अनुसार एउटा महिलाले एकैपटक ५ शिशुलाई जन्म दिनु रियर केस हो । सामान्यतया गर्भधारणका लागि महिलाले अण्डा उत्पादन हुने औषधि सेवन गरेमा वा कृतिम गर्भाधान आइबिएफ गराउँदा धेरै सन्तान जन्मिने सम्भावना हुन्छ । ती महिलालले अण्डा उत्पादन हुने औषधि सेवन गरी गर्भाधान गरेकाले गर्भमा ५ शिशु रहेको डा सुवेदीले बताए ।

मन्त्रिमण्डल विस्तार गर्ने तयारीमा प्रधानमन्त्री ओली
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डलको विस्तार गर्ने तयारी थालेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सोमबार मन्त्रिपरिषद पुर्नगठनबारे छलफल भएको थियो । उक्त छलफलमा दुवै अध्यक्षले आ–आफ्नो अडान राखेपछि पुर्नगठनमा सहमति हुन सकेन । तर, रिक्त स्थानमा मन्त्री थप्ने विषयमा भने सहमति भएको छ ।

प्रचण्डले सबै मन्त्रीहरुलाई फिर्ता बोलाएर आवश्यक परेको खण्डमा फेरी पठाउने प्रस्ताव अघि सारेका थिए । तर‌, प्रधानमन्त्री ओलीले गृहमन्त्री रामबहादुर थापा,रक्षामन्त्री ईश्वर पोखरेल र परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई फिर्ता बोलाउन नचाहेपछि सहमति जुट्न सकेको थिएन । स्रोतका अनुसार रिक्त रहेका स्थानमा भने मन्त्री थप्ने विषयमा दुई अध्यक्षबीच सहमति भएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!