Monday, October 26, 2020
Home > समाचार > राजधानीकै द्वन्दले जन्मियो साविक लुम्बिनी अञ्चल बन्द आह्वान

राजधानीकै द्वन्दले जन्मियो साविक लुम्बिनी अञ्चल बन्द आह्वान

रुपन्देही । बुटवललाई नै स्थायी राजधानी कायम गर्नु पर्ने माग राख्दै चरणवद्ध आन्दोलनमा रहेका यस क्षेत्रका विभिन्न संघ–संस्थाहरुले सोमबार साविक लुम्बिनी अञ्चल बन्दको आह्वान गरेका छन् । बुटवलमा व्यवसायीक संघ संस्थाको संयुक्त संस्था सञ्जाल रुपन्देहीले राजधानी सार्ने प्रस्तावको विरोध गर्दै सोमबार बिहान ९ बजेदेखि लुम्बिनी अञ्चल बन्दको आह्वान गरेका हुन् । राजधानीकै द्वन्दले जन्मियो साविक लुम्बिनी अञ्चल बन्द आह्वान गरिएकाे खबर छ ।

सञ्जालले सोमबार बुटवलको पुष्पलालपार्कमा भेला भई प्रदेशसभा सचिवालय घेराउ गर्ने कार्यक्रम रहेको संघर्ष समितिका संयोजक खिमबहादुर हमालले जानकारी दिएका छन् । विरोधको कार्यक्रम अन्तर्गत प्रधानमन्त्री केपी शर्मा वली र मूख्यमन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र बुझाउनुको साथै सडकमा प्रदर्शन गर्ने कार्यक्रमहरु तय गरिएको संयोजक हमालले बताए ।

यसैबीच बुटवलमा स्थायी राजधानीको माग गर्दै सडकमा प्रदर्शन हुन थालेपछि प्रशासनले बुटवलका विभिन्न ठाउँमा निषेधाज्ञा जारी गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, प्रदेशसभा भवन तथा प्रदेशसभा सचिवालय र विभिन्न मन्त्रालयहरुको क्षेत्रहरुमा निषेधाज्ञा जारी गरिएको छ ।

प्रदेश नं ५ को प्रदेशसभामा प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङ हुनेगरी गत शुक्रबार प्रस्ताव पेश भएलगत्तै बुटवलको सुरक्षा व्यवस्था कडा बनाईएको छ । सरकारले यस क्षेत्रका मुख्य सडक, विभिन्न चोक तथा सरकारी कार्यालय क्षेत्रहरुमा ठूलो संख्यामा सुरक्षा व्यवस्था कडा वनाएको छ । प्रदेशको संसदमा सोमबारै छलफल हुँदैछ ।

कांग्रेस सडकमा टायर वाल्दै, नेकपा फेसवुकमा स्टाटस लेख्दै
प्रस्तावित दाङ स्थायी राजधानीले यतीवेला रुपन्देहीका विभिन्न स्थानमा आईतवार (आज) वन्द आह्वान जारी गर्दै, चोकचोकमा टायर वालेर विरोध प्रर्दशन गरिएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आयोजना गरेको रुपन्देही बन्दको प्रभाव आईतवार (आज) बिहानै देखि परेको छ ।

यता जिल्ला प्रशासन कार्यालय रुपन्देहीले शनिवार साँझ एक सुचना जारी गर्दै, बुटवलमा रहेका प्रदेशका सरकारी कार्यालय क्षेत्रमा निषेधाज्ञा गर्दै, कुनै सभा, सम्मेलन तथा नारा जुलुस गर्न नपाईएको जनाएको थियो। तर, नेपाली कांग्रेस पार्टीले जारी गरेको बन्द र जिल्ला प्रशासन कार्यालयले सुचना प्रकाशित गरेको निषेधाज्ञामा संयुक्त संघर्ष समिति सञ्जाल रुपन्देहीले बुटवलमा विरोध प्रर्दशन गर्नुको साथै कोणसभा गरेको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!