Tuesday, October 27, 2020
Home > समाचार > रुकुम घटनामा मा’रिएका नववराज बिकको घर पुगेर बन मन्त्रीले पुरानो घाउ को’ट्या’ए, न्याय चै कहिले दिने सरकार?

रुकुम घटनामा मा’रिएका नववराज बिकको घर पुगेर बन मन्त्रीले पुरानो घाउ को’ट्या’ए, न्याय चै कहिले दिने सरकार?

काठमाण्डौं । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले रुकुमको सोती घटनाका पी’डित परिवारसँग आइतबार भेटघाट गरेका छन् । उनले त्यस समयमा पी’डित परिवारलाई सरकारले राहत दिने निर्णय गरिसकेको जानकारी दिए । तर नवराज र उनका साथीहरुलाई के सजाय हुने बारेमा बस्नेतले थप कुरा भने गरेनन् ।

यो घटना ४ महिना अघिको हो जतिबेला तीन वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्ने लक्ष्यका साथ जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक र पश्चिमरुकुमको चौरजहारी नगरपालिका–८ सोतीकी १७ वर्षीया मल्ल थरकी युवतीकहाँ पुगेका थिए । नवराज र उनका १९ जना साथी बाटोमा हौसिँदै गएको बताउँछन् । तर जब युवा सोती पुगे, माहोल एकाएक बिग्रियो ।

दलित समुदायका नवराज र ठकुरी समुदायकी ती युवतीको ‘जात’ नमिले पनि उनीहरु विवाह ब’न्धनमा बाँधिन चाहन्थे । तर, नवराजका आमाबाबालाई भने अन्तरजातीय विवाह मन परेको थिएन । छोराले ढिपी गरेपछि हुन्छ भन्ने मुडमा आफूहरु पुगेको अभिभावक बताउँछन् । त्यसैले नवराज त्यस दिन आफ्ना साथीहरुलाई लिएर दुलही ल्याउन सोती गएका थिए ।

पटक–पटक मानसिकरूपमा त ना व र शारीरिकरूपमा कु ट पि ट व्यहोरोका नवराजलाई शनिबार ठूलो सङ्ख्यामा साथी लिएर आउनु भनी युवतीले सल्लाह दिएका कारण सोहीअनुसार १९ साथी लिएर सोती गएका थिए । जब उनीहरु घर नजिकै पुग्दा युवतीभन्दा, युवतीकी आमाको नजर युवामा प¥यो ।

त्यसपछि उहाँले “जति पि टा इ खाए पनि केही लागेन है, फेरि आइस् आज त मा रे र फा’लिन्छ” भन्दै गाउँका मानिसलाई बोलाएपछि त्यो घटना भएको थियो । त्यहाँ नवराज र उनका साथीहरुको ज्यान लिइएको थियो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!