Tuesday, October 27, 2020
Home > समाचार > भर्खरै आयो दुःखद खबरः मुख्यमन्त्री शंकर पाेखरेल माथि आ,क्रमण

भर्खरै आयो दुःखद खबरः मुख्यमन्त्री शंकर पाेखरेल माथि आ,क्रमण

बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल चढेकाे गाडीमा नेपाली कांग्रेसका कार्यकर्ताले ढुंगामुढा गरेका छन् । काठमाडौबाट भैरहवा हुँदै बुटवल आउने क्रममा राजमार्ग चौराहमा कांग्रेसका कार्यकर्ताले ढुंगामुढा गरेका हुन् ।

ढुंगामुढा गर्दा स्कटिङ सहितको गाडीको सिसा फुटेको छ । ढुंगामुढा प्रहार भए लगत्तै प्रहरीले हवाइ फायर समेत गरेको प्रत्यक्षदर्शीले जनाएका छन् ।

प्रहरीले ढुंगामुढा गर्ने एक दर्जन कार्यकर्तालाई पक्राउ समेत गरेको छ । प्रदेश ५ को स्थायी राजधानी दाङ देउखुरी प्रस्ताव गरे लगत्तै नेपाली कांग्रेससहित यस क्षेत्रका संघसंस्था आन्दोलित छन् । कांग्रेससहित सञ्जालले आज रुपन्देही बन्दको आव्हान समेत गरेको थियो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!