Thursday, October 29, 2020
Home > भिडियो > त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बन्यो अराइभल वाक–वे! (भिडियो हेर्नुस्)

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बन्यो अराइभल वाक–वे! (भिडियो हेर्नुस्)

काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनमा नयाँ अराइभल कक्ष सञ्चालनमा आएको छ । अन्तर्राष्ट्रिय टर्मिनल भवनभन्दा तल चक्रपथसँग जोडिएको नयाँ भवनमा उक्त कक्ष सञ्चालनमा आएको हो । टर्मिलनमा रहेको अध्यागमन र भन्सार पास भएर यात्रुहरु अबदेखि नयाँ पार्किङसम्म आउने छन् ।

यसअघि टर्मिनल भवनसँगै आउने र जाने यात्रुको भीडभाड हुने गरेको थियो । टर्मिनलबाट अराइभल कक्षसम्म पुग्नका लागि अराइभल वाक(वे बनाइएको छ । भन्सार पास भएपछि यात्रुहरु सिधै त्यही बाटोबाट पार्किङसँगै जोडिएको कक्षमा पुग्नेछन् ।

नयाँ कक्षमा यात्रु कुर्न गएकाहरुलाई बस्ने व्यवस्थित ठाउँ, क्याफे, ट्राभल आउटलेटहरु हुने छन् । विमानस्थलकालागी यसअघि नयाँ पार्किङ बनाइएको थियो । पार्किङ तल अराइभल कक्ष माथि हुँदा यात्रुहरुले निकै नै सास्ती खेप्नु परिरहेको थियो ।

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!