Saturday, October 24, 2020
Home > जीवनशैली > सुनसरीमा यी युवतीले किन लगाइन पासो?

सुनसरीमा यी युवतीले किन लगाइन पासो?

एजेन्सी ।

कोरोनाका कारण श्रृजित असमान्य अवस्था पछि देह त्याग गर्नेको संख्या पनि बढिरहेको छ । आर्थिक र मनोसामाजिक समस्याका कारण मानिसहरुको आफ्नो ज्यान आफैं लिन उद्दत छन् ।

पछिल्लो समय युवा पुस्तामा नकारात्मक बिचार आउनाले यता तर्फ उन्मुख हुने गरेको पाइएको छ । उचित मनोसामाजिक परामर्शको अभावमा युवाहरुले यस्तो अप्रिय कदम चाल्ने गरेका छन् ।

यस्तै घटना, सुनसरीको झुम्कामा भएको छ । रामधुनीकी एक युवतीले पा’सो लगाएर आफ्नो ज्यान आफैं लिएकी छिन् ।

रामधुनी ९ मर्चियाका २२ बर्षीया युवती सबिना चौधरीले राति करिब १ बजे तिर आफनै निवासमा पा’सो लगाएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उनको तत्कालै ज्यान गएको थियो । शबलाई पोष्टमाटमको लागि जिल्ला अस्पताल इनरुवा पठाएको प्रहरीले जनाएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!