Wednesday, November 30, 2022
Home > समाचार > सबैकाे खुल्दुली रहेकाे श्रीपेज अबदेखि सर्वसाधारणले पनि हेर्न पाइने भो! जाने होइन त हेर्न?

सबैकाे खुल्दुली रहेकाे श्रीपेज अबदेखि सर्वसाधारणले पनि हेर्न पाइने भो! जाने होइन त हेर्न?

असोज २७, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाहरुमा फरक फरक समाचार पहिलो प्राथमिकताका साथ छापिएका छन् । दशैंका बेला सवारी दुर्घटना भएको, महंगी अचाक्ली बढेको, काठमाडौंमा मिनी क्यासिनोको शैलीमा जुवाखाल फस्टाएको, कर्मचारीले घुस खाने क्रम नरोकिएको लगायतका समाचारलाई पत्रिकाहरुले महत्वका साथ समेटेका छन् ।

यसैगरी सरकारले हलिया मुक्त घोषणा गरे पनि सुदूरपश्चिममा हलिया प्रथा कायमै रहेको, निर्मला हत्या प्रकरणमा प्रमाण नष्ट गर्नेलाई मुद्दा नचलाइएको, नारायणहिटी दरबार संग्रहालयमा श्रीपेच पनि प्रदर्शनीमा राख्न लागिएको लगायतका समाचार आजका पत्रिकाहरुको पहिलो पृष्ठमा छन् ।

नेपाल समाचार पत्र दैनिकले २९ गतेबाट श्रीपेच प्रदर्शनीमा राख्न लागिएको समाचारलाई पहिलो प्राथमिकताका साथ छापेको छ । नारायणहिटी दरबार संग्रहालयभित्र बन्द दराजमा थन्काइएको श्रीपेचको पहिलो अवलोकन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने छन् । श्रीपेचलाई बुलेट प्रुफ सिसाभित्र राखेर प्रदर्शनी खुला गर्न लागिएको समाचारमा उल्लेख छ ।

संग्रहालयको सुर्खेत र रुपन्देही कक्षभित्र श्रीपेच, राजदण्ड, दुईवटा मेस, ढाल तरबार, रानीले लगाउने मुकुट, एउटा झारी, दुईवटा चमरसहितका एक दर्जन सामाग्री बुलेटप्रुफ शोकेसभित्र राखिने समाचारमा उल्लेख छ । यही समाचार गोरखापत्र दैनिकमा पनि छ ।

Leave a Reply