Thursday, October 29, 2020
Home > समाचार > यस्तो अचम्मको घटना नेपालमै, जसले बनायो विश्व नै चकित, गाउँलेहरुले पनि गरे यस्तो!

यस्तो अचम्मको घटना नेपालमै, जसले बनायो विश्व नै चकित, गाउँलेहरुले पनि गरे यस्तो!

काठमाडौं । नेपालमा एउटा उखान खुबै चर्चामा छ । पैसा तिर्नु पर्दा अमृत पनि नखाने तर निःशुल्क पाए अलकर्ता पनि खाने । यस्तै, जीविकोपार्जनका लागि भन्दै नेपाल रेडक्रस सोसाइटीले वितरण गरेको वोयर बोका गाउँलेले मासु खाएका छन् । गोरखाको सिरानचोक गाउँपालिका–३ हर्मीका प्रकाश अधिकारीलाई दिइएको वोयर बोका वुधवार वडाध्यक्षसहित स्थानीयले मिलेर खाएका हुन् । ***समाचारकाे भिडियो हेर्न तल क्लिक गर्नुहाेस***

जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गोरखाले गत मंसिर ११ गते साविकको हर्मी गाविसका प्रत्येक वडामा एक–एक वटा वोयर बोका वितरण गरेको थियो । तर अधिकारीले पाएको बोका इलाका प्रहरी कार्यालय हर्मीकै परिसरमा स्थानीयले मासु भाग लगाएका हुन् ।

वडाध्यक्ष वीरबहादुर थापाले भने, ‘प्रकाशले गाउँको समूह–फाइनान्स सबैबाट ऋण लिएको रहेछ । घरमा बुढी आमालाई छाडेर ऋण तिर्न नसकेर भागेछ, अनि गाउँलेले घरमा पालेको सबै गाईवस्तु लिलामी गरे र त्यही बोका पनि लगेर काटेका हुन् ।’ उक्त बोका काट्दा १४ हजार रुपैयाँ उठेको उनले बताए ।(फोटो फाईल)

संकलित रकमको केही अंश अधिकारीको आमालाई दिने उनले स्पष्ट पारेका छन् । सबैसँग सल्लाह गरेर बोका काटेर मासु बेचेको उनले जानकारी गराए । जीविकोपार्जनका लागि दिएको बोका काटेर मासु खाएपछि रेडक्रसले आपत्ति जनाएको छ । उक्त बोकाको ३० हजार रकम बराबरको बिमासमेत गरिएको उनले बताए ।

सारा प्रबासीलाई रुवाए धर धरी
गीतकार ध्रुब प्रसाद अंम्गाई कोरोना माहामारीका कारण अलपत्र परेका स्वदेश तथा बिदेशमा रहने नेपाली दाजु भाई दिदी बहिनिहरुको पिडा लाई समेट्दै अत्यन्त मार्मिक, मन छुने अनी आँखा रसाउने गीत ‘तिमी लाई सन्देश ‘ बजारमा ल्याएका छ्न। शुक्रबार हेमन्त कान्छा रसाइली नामक यूटुब च्यानल बाट रिलिज गरिएको उक्त गीतले दर्शक तथा श्रोताहरुको मन मुटुमा बस्ने आशा लिएको गीतकार अंम्गाई बताउछन। गीतकार अंम्गाई आफै पनि बिगत लामो समय देखी प्रबासमा बस्दै आएका छन।

***समाचारकाे भिडियो हेर्न यहाँ क्लिक गर्नुहाेस***

Leave a Reply

error: Please Dont Copy My Content!! !!