Sunday, October 25, 2020
Home > अपराध > श्रीमान र गाउँलहरूले कपाल मुण्डन बनाएर नि‘र्घात कु’टिरहे… छोरीहरू निरिह रोइरहे…

श्रीमान र गाउँलहरूले कपाल मुण्डन बनाएर नि‘र्घात कु’टिरहे… छोरीहरू निरिह रोइरहे…

परपुरुषसँग प्रेम–सम्बन्ध राखेको आरोपमा हुम्लामा एक महिलालाई भि’डले कानुन हातमा लिएर दि’सा खु’वाएको छ । सिमकोट गाउँपालिकानिवासी २३ वर्षीया महिलालाई मोसो र जुत्ताको मा’ला लगाएर गाउँ घुमाइएको छ । परपुरुषसँग स’म्बन्ध राखेको आरोप पुष्टि गरी कानुनी बाटो अपनाउनुको सट्टा उनका श्रीमान् र गाउँलेले जंगली कानुन प्रस्तुत गरेका छन् । शुक्रबार बिहान ८ बजेदेखि ‘कु ‘टपि’ट भएको उनले बताएकी छिन् ।

उनीसँग सम्बन्धमा भएका भनिएका पुरुषलाई सोधपुछ पनि नगरी महिलालाई नि ‘र्घात कु’ ट’पि’ट गरिएको छ । ‘मान्छेहरू जम्मा भएर दि’सा खु ‘वाए, त्यसपछि मेरो कपाल मु ‘ण्डन गरे,’ उनले भनिन्, ‘कपाल मु’डिदिएपछि टा’उकोमा कपडा बेरेर बसेकी थिएँ, फेरि सबैले मोसो लगाए, हा’तखु’ट्टा बाँ ‘धेर कु ‘ट’पि’ट गरे ।’

गाउँबाट फुत्किएर उनी जिल्ला प्रहरी कार्यालय आइपुगेकी छिन् । गाउँले सबै आएर ‘कु’ट्दा आप्’नो ज्या’नभन्दा पनि आफ्नैअघि रोइरहेका दुई वर्षकी छोरी र चार वर्षको छोराको निकै माया लागेको उनले बताइन् । ‘जु’त्ताको मा’ला लगाएर गाउँभर डुलाए, मेरा छोराछोरी चि’च्याइचि’च्याई रोइरहेका थिए, मलाई आफ्नो पीडाभन्दा पनि छोराछोरीको मनले रुवाइरहेको छ,’ उनले भनिन् ।

कु ‘टपि’ट गर्ने श्रीमान्सहित आठजनालाई जिल्ला प्रहरी कार्यालय हुम्लाले पक्राउ गरी ल्याएको छ । घटना छानबिन गरी कारबाही हुने जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । ‘महिलाको दोष हो भने श्रीमान्ले उजुरी दिन सक्छन्, कानुनी उपचार खोज्न सक्छन् । तर, ‘कु ‘टपि’ट गर्ने, मो’सो ल’गाउने, दि सा खु’वा’उने र कपाल मु ण्डन गर्ने अमानवीय काम भएको छ,’ जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी सूर्यप्रकाश सुवेदीले भने, ‘यो विषयमा विस्तृत अनुसन्धान सुरु भएको छ, दोषीलाई का’रबाही हुन्छ ।’ नरजन तामाङले नयाँ पत्रिका दैनिकमा यो खबर लेखेका छन् ।

यो पनि : सिलाइकटाइप्रति बढ्दो आकर्षण

पछिल्लो समय महिलाहरु सिलाइकटाइमा व्यस्त देखिन्छन् । सदरमुकाम मान्म बजारको जिरोप्वाइन्टदेखि प्रतिमाचोकसम्मका महिलाहरु दिनभरि सिलाइकटाई व्यवसायमा लागिरहेका छन् । कोही सिकाउने गर्छन् भने कोही सीप सिक्ने तयारीमा छन् ।

थोरै लगानीमा राम्रो आम्दानी हुन थालेपछि महिलाहरु सिलाइकटाइ व्यवसायप्रति आकर्षित भएका हुन् । सिलाइकटाइ व्यवसाय गरी घरपरिवार पाल्न र आफूलाई चाहिने खर्चको जोहो गर्न सजिलो भएको सान्नी त्रिवेणी गाउँपालिका ६ की कोइला सन्ज्यालले बताए । सन्ज्याल मात्र हैन रास्कोट नगरपालिका वडा नं १ निवासी नौरता शाही पनि सीप सिकाउँदै र सिक्दै आएका छन् । उनले भने, “सिलाइकटाइ व्यवसाय गरे राम्रो आम्दानी हुन्छ, तालीम लिनका लागि आउनेहरुको सङ्ख्या जिल्लामा झन्झन् बढ्दै गएको छ । ”

सिलाइकटाइ व्यवसाय सिक्नेहरुको सङ्ख्या बढ्दै गएपछि सिकाउनेहरुलाई पनि फाइदा पुगेको छ । सुर्खेत जिल्लामा जन्मथलो हुनुभएका ज्योति खत्रीले कालीकोटलाई कर्मथलो बनाएर सिलाइकटाई व्यवसाय सिकाउँदै आएका छन् । उनि भन्छन्, “अहिलेसम्म एक हजार भन्दा बढीलाई सिलाइकटाइ व्यवसाय सिकाउने मौका पाएकी छु ।” निजीस्तरमा खुलेका तालीम केन्द्रमा करीब १० महिलाले सिलाइकटाइको तालीम लिइरहेका छन् । सरकारीस्तरमा खुल्ने तालीमको अवसर प्रायःजसो कमै छ । सान्नी त्रिवेणी गाउँपालिकाले औजार उपकरणका लागि सहयोग गरेको छ । हाल ज्योति एण्ड टीका सिलाइकटाइ प्रशिक्षण केन्द्रलाई सादा नेपाल र सान्नी त्रिवेणी गाउँपालिकाले औजार उपकरणका लागि सहयोग गरी सिलाइकटाइ तालीम सञ्चालन भइरहेको छ । एक महिनाको तालीममा सीप सिकेर गाउँमै व्यवसाय सञ्चालन गरिने महिलाहरु बताउँछन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!