Saturday, October 24, 2020
Home > अन्तराष्ट्रिय > सेनाको हेलिकोप्टर दुर्घटनमा दुई पाइलटको मृत्यु

सेनाको हेलिकोप्टर दुर्घटनमा दुई पाइलटको मृत्यु

काबुल । अफगानिस्तानमा एक सैनिक हेलिकोप्टर दुर्घटनामा पर्दा त्यसमा रहेका दुई जना हेलिकोप्टर चालकको ज्यान गएको छ । अफगान एयर फोर्स्को सो हेलिकोप्टर बिहीबार दुर्घटनाग्रस्त भएको थियो । बाघलान प्रान्तमा सो हेलिकोप्टर दुर्घटनाग्रस्त भएको र त्यसमा रहेका दुई जना पाइलटको ज्यान गएको अफगानिस्तानको रक्षा मन्त्रालयले जनाएको छ ।

बाघलान प्रान्तको पल एक खुम्री नगरमा सो सैनिक हेलिकोप्टर प्राविधिक गडबडीका कारण दुर्घटनामा परेको बताइएको थियो । यहाँको रक्षा मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा सो बारेमा जानकारी दिइएको छ ।

यो पनिः स्वास्थ्यराज्यमन्त्री र सांसद जेठो नागरिकको घरमै पुग्दा

नुवाकोट । नेपालकै सबैभन्दा जेठो नागरिक नुवाकोटकी बाटुली लामिछानेको घरमा स्वास्थ्यराज्यमन्त्री नवराज रावत र बागमती प्रदेसका सांसद बद्री मैनाली लगायत जनप्रतिनिधिको टोली पुगेको छ । ३०औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको उपलक्ष्यमा बाला फाण्डेसनले आयोजना गरेको कार्यक्रममा सहभागी हुन राज्यमन्त्री र सांसद नेपालकै जेठो नागरिक लामिछानेको घरमा पुगेका हुन ।

फाउण्डेसनले लामिछानेको घरको आँगनमा गरेको कार्यक्रममा बोल्दै स्वास्थ्यराज्यमन्त्री रावतलले राज्यलेसम्पूर्ण जेष्ठ नागरिकको सम्मान गर्ने बताए । नेपालकै सबैभन्दा बढी उमेरको नागरिकको दैलोमै आइएर सम्मान गर्न पाउँदा ज्यादै खुशी लागेको भन्दै उनले सामाजिक सुरक्षाको माध्यमबाट सम्पूर्ण जेष्ठ नागरिकको सम्मानमा राज्यले कुनै कसर बाँकी नराख्नने बताए ।

त्यस्तै सोही क्षेत्र अर्थात बागमती प्रदेशसभाका सांसद बद्री मैनालीले जेष्ठ नागरिकको समाजको एउटा विश्वविद्यालय भएको भन्दै उहाँहरूबाट पछिल्लो पुस्ताले धेरै कुरा सिक्ने सक्ने बताए । उनले आफूले मासिक रूपमा जेष्ठ नागरिक लामिछोनलाइ ५ हजार रूपैयाँ दिनेगरेको बताए । उनले उक्त पाँच हजार आफनो तलबबाट कटाएर दिएको बताए ।

ककनी गाउँपालिका वडा नम्बर ८ मा रहेको लामिछानेको घरमा भएको कार्यक्रममा ११८ बर्षिय बाटुली लामिछाने, गाउँपालिकाका अध्यक्ष मान वहादुर लामा, उपाध्यक्ष सीता खतिवडा, बडा नं।८ का अध्यक्ष शेषमान लामा, नेकपाका नेता काशीराज अधिकारी लगायत सहभागी रहेको फाउण्डेसनका अध्यक्ष भवानी दाहालको जानकारी दिइन ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!