Saturday, October 24, 2020
Home > जीवनशैली > अलबिदा!! डा. हरि सापकोटा! सिङ्गो कर्णाली प्रदेशले तपाइलाई सम्झिने छ।

अलबिदा!! डा. हरि सापकोटा! सिङ्गो कर्णाली प्रदेशले तपाइलाई सम्झिने छ।

एजेन्सी । नेपालमा पहिलो पटक कोरोनाका कारण एक चिकित्सकको निधन भएको छ । कोरोना संक्रमित भई उपचार गराइरहेका भेरी अस्पताल नेपालगन्जका वरिष्ठ चिकित्सकको निधन भएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले कोरोना संक्रमित भेरी अस्पताल नेपालगन्जका वरिष्ठ चिकित्सकको निधन भएको पुष्टि गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस पोष्ट गर्दै यसको पुष्टि गरेकाछन् । उनका अनुसार कोरोना पोजेटिभ भेरी अस्पतालका वरिष्ठ चिकित्सक भेरीको आइसोलेसनमा उपचाररत रहँदा असोज १५ गते बिहीबार दिउँसो निधन भएको हो ।

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, एघारौ तहमा कार्यरत डा हरि सापकोटाको कोरोनाबाट निधन भएको हो । बाकेको खजुरा निबासी ५९ बर्षिय डा सापकोटाको १५ दिन देखि भेरी अस्पताल नेपालगन्जमा उपचार भई रहेको थियो । भेरी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिरहेको बेला दिउँसो पौने तीन बजेतिर उनको निधन भएको हो ।

योसँगै एकैदिन बिहीबार कोरोनाबाट बाँकेमा निधन हुनेको संख्या तीन पुगेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले श्रद्धाञ्जली दिँदा प्रयोग गरिएको तस्बिर हामीले प्रयोग गरेका हौं ।

८ दिनसम्म रोएर सके सम्झनाका आफन्तले

बझाङ – ब,ला,त्कार पछि ह,त्या गरिएकी मष्टा गाउँपालिका वडा नं २ खिकलाकी १२ वर्षीया सम्झना कामीको बुधबार आठ दिनपछि दा,हसंस्कार गरिएको छ । जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी मष्टा २ का २० वर्षीय राजेन्द्र बोहोरालाई आ,रोपितका रुपमा सार्वजनिक गरेपछि जिल्ला अस्पतालमा राखिएको बा,लिकाको शव सम्झनाका आ,फन्तले बुझेका हुन् ।

शव बुझ्दै उनका आ,फन्त गोरख कामीले दो,षीलाई कार,वाही हुन्छ भनेर शव बुझेको र अदालतबाट फैसला नहुँदासम्म सम्झनाको न्यायका लागि सं,घर्ष गरिराख्ने बताए । मङ्गलबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकमा समेत बालिकाको श,व जलाउने सहमति भएको र गृह मन्त्रा,लयका सचिवले फोनमार्फत बालिकाका आफ्न्तलाई रु १० लाख दिने बताएको सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर सार्कीले जानकारी दिए ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!