Monday, October 26, 2020
Home > अपराध > आफ्नै काकीले राम्रो टिकटक बनाइदिने भन्दै किशोरीलाई बेच्न लगेपछि…

आफ्नै काकीले राम्रो टिकटक बनाइदिने भन्दै किशोरीलाई बेच्न लगेपछि…

एजेन्सी । एक किशोरीलाई आफन्तैबाटै बेच्ने प्रयास भएको छ । सिमा नाकामा खटिएको भारतीय सिमा सुरक्षा वलले नेपाली पक्षलाई समयमै खबर गरिदिँदा ती किशोरी बेचिनबाट भने जोगिएकी छन् । समाचारकाे भिडियो हेर्न तल क्लिक गर्नुहाेस्***

कञ्चनपुर जिल्ला कृष्णपुर नगरपालिका–२ वाणीकी २२ वर्षीय ममता गिरीले आफ्नै भतिजीलाई बेच्न भारत तर्फ लिएर गएकी हुन् । उनले भतिजी नाता पर्ने १४ वर्षीय किशोरीलाई झोलुङ्गे पुलमा राम्रो टिकटक बनाइदिने भन्दै फकाएर भारत लैजादै गरेको अवस्थामा सीमानाकाबाट उ द्दा र गरिएको हो।

उनीहरुलाई अ वै ध बाटो भएर भारत गइरहेको अवस्थामा भारतीय सीमा सुरक्षा बलले महाकाली नगरपालिका–७ कञ्जभोजस्थित सीमा क्षेत्रमा रोकेर नेपाल प्रहरीलाई खबर गरेको थियो ।

महेन्द्रनगरबाट भतिजी नाता पर्ने किशोरीलाई भारत लग्दै गरेकी गिरी विरु’द्ध मानव वे च वि ख न विरु’द्ध मु द्धा दर्ता भएको छ। कृष्णपुर नगरपालिका–२ वाणीकी २२ वर्षीय ममता गिरी विरु’द्ध प्रहरीले मु द्धा दर्ता गरेको हो ।

किशोरीलाई भारत लग्दै गरेको अवस्थामा गिरीलाई नि य न्त्र णमा लिएर थप अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले जानकारी दिए । उनले बुधबार म्याद थप गरिएको बताउदै उनीमाथी मानव बे च वि ख न तथा ओ सा र प सा र ऐन अन्तर्गत मु द्धा चलाइने बताए। प्रहरीका अनुसार किशोरीलाई आफन्तको जिम्मा लगाइएको छ । सांकेतिक तस्वीर

Leave a Reply

error: Please Dont Copy My Content!! !!