Sunday, January 17, 2021
Home > समाचार > भारतबाट करोडौं चो’रेर भागेका नेपाली, फेसबुकमा पोस्ट गरेेपछि…

भारतबाट करोडौं चो’रेर भागेका नेपाली, फेसबुकमा पोस्ट गरेेपछि…

नयाँ दिल्ली !

नयाँ दिल्लीमा एक ७८ वर्षीय व्यवसायी र उनको पूरै परिवारलाई औषधि खुवाइ बेहोस पारेर घरका मूल्यवान सामानहरु चोरेर फरार भएका एक नेपाली ९ महिनापछि पक्राउ परेका छन् । दिल्ली पुलिसका अनुसार उनी फेसबुक पोस्टका कारण पक्राउ परेका हुन् ।

पुलिसले उनको फेसबुकलाई निरन्तर निगरानीमा राखेको थियो । उनका एक साथीले एक पोस्टमा उनलाई ट्याग गरेपछि उनी कहाँ छन् भन्ने खुलासा भयो र पुलिसले उनलाई पक्राउ गर्यो ।

ती नेपालीले दिल्लीका व्यवसायीको लाइसेन्स प्राप्त रिभल्भर समेत चोरेर फरार भएको दिल्ली पुलिसलाई उद्धृत गर्दै समाचार एजेन्सी प्रेस ट्रस्ट अफ इण्डियाले जनाएको छ । पुलिसले शनिबार उनलाई पक्राउ गरेपछि घटनाबारे खुलासा गरेको हो । पक्राउ परेका नेपालीको नाम धीरेन्द्र शाही रहेको पुलिसले जनाएको छ । उनी गएको डिसेम्बरमा व्यवसायीको घर लुटेर फरार भएका थिए । उनी त्यहाँ कुकको रुपमा कार्यरत थिए ।

अहिले उनी फेसबुक पोस्टका कारण पक्राउ परेका हुन् । उनका एक साथीले आफ्नो फेसबुक पोस्टमा उनलाई ट्याग गरेपछि पुलिसले उनीबारे सुराग पाएको थियो । पुलिसका अनुसार उनले यही वर्ष दिल्लीको सब्जी मण्डीमा पनि अर्का व्यवसायीको घरमा पुरानै तरिका अपनाएर डेढ करोड चोरी गरेका थिए ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!