Friday, June 18, 2021
Home > समाचार > देउवाका प्रिय भनिएका जयवहादुरले चन्द एआइजीवाट राजिनामा दिएपछि लेखे यस्तो स्ट्याटस

देउवाका प्रिय भनिएका जयवहादुरले चन्द एआइजीवाट राजिनामा दिएपछि लेखे यस्तो स्ट्याटस

काठमाडौं, २९ चैत । आइजीपीको लाइनमा रहेका एआइजी जयवहादुर चन्दले आफ्नो इच्छा पुरा नभएपछि पदवाट राजिनामा दिए । नयां आइजीपीमा सरकारले सर्वेन्द्र खनाललाई ल्याए पछि उनले पदवाट राजिनामा दिएका हुन् । काँग्रेसका सभापति शेरबहादुर देउवाले अघिल्लो पटक आइजीपी बनाउन चाहेका भनिएका पूर्व एआइजी जयबहादुर चन्द पदवाट राजिनामा दिएपछि सामाजिक सञ्जालमा सकृय देखिएका छन् । उनले एक पछि अर्काे आफ्ना भनार्इहरू सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।

राजिनामा दिनासाथ प्रहरी संगठनको जीवन यात्रा आजैदेखि पूर्ण भएको भन्दै लेखेका उनले फेरी निरन्तरता दिंदै आजैदेखि खुला आकास मुनि स्वतंत्र विचार,खुला दृष्टिकोण र मनमौजी नागरिक जीवनको यात्रा शुभारम्भ भएको बताउँदै सबैमा आभार व्यक्त गरेका छन् ।

उनले भविश्यमा भगवानको अनुकम्पा र नियतीले डोय्राउने अर्को रूप र भूमिकामासमेत विगतमा पाएझै सहयोग पाउने अपेक्षा सहित सधै नेपाल र नेपालीहरुको सेबा गर्न पाउँ भन्दै प्रार्थना पनि गरेका छन् ।


त्यसैगरी त्यसभन्दा अघिको स्याटस्मा चन्दले ‘अचम्मको ! साँच्चिकै उदेक लाग्दो ! तिनिहरूको दोहोरो चरित्र राम्रैसंग उदांगियो यसपालीको नियुत्कीले ‘ भन्दै आक्रोश पोखेका छन् । उनको आक्रोश कतापट्टि थियो त्यो बारे कुनै स्पष्ट पारिएको छैन । सोही स्ट्याटस्लार्इ थप पुष्टी गर्दै उनले ‘मैले कुनै ब्यक्ति बिशेषलाई ,सस्था बिशेषलाई होइन प्रबृति बिशेषलाई व्यंग्य गरेको हू ताकि हामी हाम्रो बोली वचन र व्यवहारमा दोहोरो मापदण्ड नअपनाऔ’ भनेका छन् ।


यसअघि तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारले जयबहादुर चन्दलाई २५ औं आईजीपी नियुक्ति गरेको थियो । तर, नियुक्ति गरेको ३ घण्टामै सर्वोच्च अदालतले चन्दलाई आईजीपी बनाउने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएपछि विवाद बढ्दै जाँदा प्रकाश अर्याल आईजीपी भएका थिए ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!