Saturday, December 3, 2022
Home > समाज > काठमाडौमा ब्रोइलर कुखुरालाई रंग लगाउदै लोकल भनेर महंगोमा बेच्दै

काठमाडौमा ब्रोइलर कुखुरालाई रंग लगाउदै लोकल भनेर महंगोमा बेच्दै

काठमाडौं । काठमाडौमै ब्रोइलर कुखुराको चल्लालाई रङ लगाएर लोकल भन्दै बिक्री गरेको पाइएको छ । ब्रोइलर कुखुरालाई रंग लगाएर लोकल भन्दै बेच्ने गरेका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले मंगलवार कलंकीबाट चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । वृत्तका डीएसपी अपिल बोहोरले ब्रोइलर कुखराको चल्ला ल्याएर रंग लगाउँदै लोकल भन्दै बेच्ने गरेकाहरुलाई पक्राउ गरेको जनाएका छन् । उनीहरुले ब्रोइलरका चल्लालाई लोकल भन्दै महंगो मुल्यमा बेच्ने गरेका थिए ।

प्रहरीले काठमाडौं जैसवाल पोल्ट्री सप्लायर्स संचालक प्रमेशिला देबी, वकिल खान,चन्द्रादेवी साह र गुन्जा भन्नेलाई नियन्त्रणमा लिएको हो। उनीहरुले विभिन्न स्थानबाट रंग लगाएर बेच्न राखेको कुखुराका चल्ला समेत बरामद गरेको छ।

प्रहरीले रंग लगाएको ३ हजार ६ सय ५० वटा र नलगाएको २४ हजार ९ सय ५० वटा चल्लाहरु बरामद गरेको डीएसपी बोहोराले जानकारी दिए। उनीहरुले चितवनको अबिनास मोडर्न ह्याचरीबाट कुखुराको चल्ला ल्याएर रंग लगाइ महँगो मूल्यमा बेच्ने गरेको उजुरी परेपछि पक्राउ गरिएको हो।

Leave a Reply