Tuesday, October 27, 2020
Home > Uncategorized > काठमाडौँदेखि सुत्केरीलाई घर ल्याउँदै गरेको गाडी दुर्घटना

काठमाडौँदेखि सुत्केरीलाई घर ल्याउँदै गरेको गाडी दुर्घटना

धादिङ । अस्पतालमा सुत्केरी भएपछि घर फर्किरहेका चढेको सवारीसाधन पहिरो खस्दा एक जनाको मृत्यु भएको छ । सिद्धलेक गाउँपालिका–६ फिसटारमा ट्याक्सी सडकबाट तल खस्दा एक जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा खनियाबास गाउँपालिका–४ का ५० वर्षीया विष्णुमाया तामाङ छन् । सुत्केरी लिएर काठमाडौँदेखि धादिङबेँसीतर्फ आउँदै गरेको बा १ ज १२६१ नम्बरको ट्याक्सी मलेखु धादिङबेँसी सडकखण्डको पहिरामा खोलामा खसेको थियो । दुर्घटनामा अन्य चार घाइते भएका छन् ।

दुर्घटनामा घाइते हुनेमा सोही ठाउँका २२ वर्षीय आशिष तामाङ, ३१ वर्षीय सरोज तामाङ, २५ वर्षीय सन्तुमाया तामाङ र नुवाकोट बेलकोटगढी नगरपालिका–१३ का ६० वर्षीय वीरबहादुर तामाङ छन् । घाइतेको राजमार्ग सामुदायिक अस्पतालमा उपचार गरी थप उपचारका लागि काठमाडौँ ट्रमा सेन्टरमा भर्ना गरिएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!