Monday, October 26, 2020
Home > भिडियो > दशैं आइरहेकाे बेला परदेशी बाबुहरूकाे लागि हृदय भक्कानिने यस्तो कहानी (भिडियो हेर्नुस्)

दशैं आइरहेकाे बेला परदेशी बाबुहरूकाे लागि हृदय भक्कानिने यस्तो कहानी (भिडियो हेर्नुस्)

काठमाडौ । दशैँ नजिकिदै गर्दा दशैंसम्बन्धी गीत पनि बजारमा सार्वजनिक हुन थालेका छन् । यसैक्रममा बालगायिका रविना बसेलको स्वरमा दशैँ गीत ‘मेरो बाबा’ बजारमा आएको छ । अम्बिका गुरुङको शब्द, राजन कार्कीको एरेञ्ज तथा संगीत रहेको उक्त गीतको म्युजिक भिडियो समेत बनेको छ ।

हिन्दुहरुको महानपर्व दशैं नजिकिंदै गर्दा परदेशिएका सम्पुर्ण बाबाहरुको सम्झनामा रचिएको यो दशैं गीतमा आफुसंग नभएका र परदेशिएका ती सबै बाबाहरुकोलागी यो गीत समपर्ण गरिएको छ । गीतको भिजुएलमा बालकलाकारले आफ्नो परदेशमा रहेको बाबालाई दशैंमा घर आउन र आफुलाई नयाँ नाना ल्याउन भनिएको छ । भिजुएलको यो दृश्य निकै नै मार्मिक देखाईएको छ ।

भिडियोमा बालकलाकार अकेशा पोखरेलसंगै रोबिन पोखरेल एवं ऋचा थापाको अभिनय रहेको छ । भिडियोको निर्देशन मञ्जु बञ्जाडेले गरेकी छिन् । अन्य गीतको तुलनामा यो गीतले दशैको वास्तविक मर्मलाई झल्काएको गीतका रचनाकार अम्बिकाले बताएकी छन् ।

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!