Saturday, December 3, 2022
Home > Uncategorized > हजाराैं किलोमिटर हिडेपछि यी टुहुरा बालबालिकाले भेटे भगवान !

हजाराैं किलोमिटर हिडेपछि यी टुहुरा बालबालिकाले भेटे भगवान !

एजेन्सी । एक हजार किलोमिटरको यात्रा पछि ६ जना बालिका उज्जवल भविश्यका लागि एसओएस बालग्राम आईपुगेका छन् । एसओएस बालग्राम काभ्रेमा बैतडी जिल्लाको दशरथचन्द्र नगरपालिका वडा नम्वर १० घर भई अभिभावक विहिन भएका एकै परिवारका ६ जनालाई संरक्षकत्व प्रदान गरिएको छ । ‘१५ वर्ष देखि चारवर्षसम्मका दिदी बहिनीहरु एसओएस बालग्रामका छोरी भएका छन्’। -समाचारकाे भिडियो हेर्न तल क्लिक गर्नुहोस***

बालग्राम निर्देशक सुरेन्द्र आम्गाईले भन्नुभयो–‘उनिहरु जस्तै विपदमा परेका यहि वर्ष मात्रै २० जना सदस्य थपिएका छन् । बालग्राम १ सय २० छोराछोरी, २० जना आमा सहित १ सय ५० जनाको ठुलो परिवार बनेको छ ।’ धनगढी र सुर्खेतमा रहेको एसओएस बालग्राममा स्थान अभाव भए पछि काभ्रेको टोली बैतडी पुगेको थियो ।

दुई वर्ष देखि अभिभावक विहिन सन्तानको रेखदेख र अभिभावकत्व नभएको समाचार सार्वजनिक भए पछि एसओएस बालग्राम काभ्रेले अभिभावकत्व ग्रहण गर्ने चासो राखेको थियो । स्थानीय प्रशासन, नगरपालिका र आफन्त समेतले बालग्राम उपयुक्त संस्था भएकाले जिम्मेवारी प्रदान गर्न उपयुक्त हुने निर्णय भए पछि गत विहिबार बालिकाहरु एसओएस बालग्राम काभ्रेको जिम्मेवारीमा हस्तान्तरण गरिएको थियो । बालग्रामका निर्देशक सुरेन्द्र आम्गाई, नायव निर्देशक विनोदमणी भट्टराई, सहायक निर्देशक प्रकाश अर्यालय र कमल भगतको टोलीले सोमबार काभ्रेबाट बैतडी पुगेर आईतबार बालग्राम ल्याई पुर्‍याएको हो ।

बैतडीको दशरथचन्द्र नगरपालिका वडा नम्वर १० झुलाघाटसँगै लावड समुदायको बसोबास रहेको छ । महाकाली भारत र वारी नेपाल रहेको झुलाघाट सिमानाबाट सहजै आवतजावत हुने गरेको छ । राजुराम लावड र मिनादेवी लावडको कोखबाट जन्मेका ६ सन्तान अभिभावक विहिन बनेका हुन् । निलम १५ वर्षकी भईन् । उनी कक्षा ८ मा पढ्दै थिईन् । इन्द्रा १३ वर्षकी भईन् । पार्वती ११ वर्षकी भईन् । इन्द्रा र पार्वती कक्षा ५ मा अध्ययन गर्छन । लक्ष्मी १० वर्षकी छिन् । विन्दुकुमारी ८ वर्षकी भईन् । लक्ष्मी र विन्दु कक्षा ३ मा अध्ययन गर्दै छन् ।

माया चार वर्षकी भईन् । निलमले घर नजिकै रहेको रातमाटे मावीमा सबै बहिनीहरुलाई विद्यालय लैजाने गरेकी थिईन् । माया ११ महिनाको हुँदै थिईन आमा मिनादेवी छिमेकी देश भारत नुन तेल किन्न बजार गएकी थिईन । आजसम्म फर्किएकी छैनन । सम्पर्क समेत छैन । भारतको उत्तराखण्डमा रहेको मामाघरमा समेत पटक पटक सोधखोज भयो तर मिनादेवीको अत्तोपत्तो छैन । राजुराम ज्यालामजदुरी गर्दै आएका थिए ।

दुई वर्ष अघि दमको रोगबाट निधन भए पछि अभिभावक विहिन बालिकाहरुलाई नगरपालिका, स्थानीय संघ संस्थाले सहयोग गरिरहेको थियो । न्युज अफ नेपालमा
मोतीराम तिमल्सिनाले समाचार लेखेका छन् ।

Leave a Reply