Monday, October 26, 2020
Home > समाचार > सोधपुछकाे क्रममा दिपिका ३ पटकसम्म यसरी रोएपछि…

सोधपुछकाे क्रममा दिपिका ३ पटकसम्म यसरी रोएपछि…

बलिउडका तीन अभिनेत्रीका लागि निकै भारी रह्यो । एकातिर नारर्कोटिक्स सेन्ट्रल ब्यूरो (एनसीबी) ले एक्सन मोडमा दीपिका–सारा–श्रद्धासँग लगातार सोधपुछ गर्यो भने अर्कोतर्फ दीपिका–सारा–रकुलको मोबाइल जफतसमेत गर्यो । भारतीय मिडियाले आफ्नो एक समाचारमा सोधपुछका क्रममा दीपिका तीनपटक रोएको बताएको छ ।

एनसीबी अधिकारीले दीपिकालाई हातै जोडेः

स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले बताएको छ, ‘दीपिकासँग सवाल जवाफ भइरहेका बेला दीपिका तीनपटक रोएकी थिइन् । यो देखेपछि एनसीबीका अधिकारीले उनलाई इमोशनल कार्ड नखेल्न सल्लाह दिएका थिए । एनसीबीका अधिकारीले हातै जोडेर उनलाई रुनुको साटो वास्तविकता बताइदिन आग्रह गरे । दीपिकाले सबैकुरा साँचो बोलेमात्रै उनको लागि राम्रो हुने बताइयो ।’

एनसीबीले दीपिकाको मोबाइल पनि जफत गरेका छन् त्यसैले अब एनसीबीको अनुसन्धान त्यसै दिशामा अघि बढ्ने स्रोतले बताएको छ । दीपिकाको लागुऔषध कारोबारीसँग कस्तो किसिमको सम्पर्क थियो भनेर पनि जान्ने कोसिस हुनेछ ।

यद्यपि, दीपिकाले आफूले ड्रग्सको सेवन गरेको भन्ने आरोप ठाडै अस्विकार गरेकी छिन् । उनले ड्रग्स ओसारपसार गरेको आरोप पनि अस्विकार गरेकी छिन् । यस्तोमा उनको मोबाइलबाट केही सुराग भेटिने अनुमान गरिएको छ ।

दीपिकाको स्विकारोक्तिः

साढे पाँच घण्टासम्म चलेको सोधपुछमा दीपिकालाई सुशान्त सिंह राजपूत वा रियासम्बन्धि केही पनि प्रश्न सोधिएन । एनसीबीको सबै ध्यान दीपिकाको करिश्मासँग ड्रग्सबारे गरिएको कुराकानीमा मात्रै केन्द्रीत थियो । च्याटमा जुन ड्रग्सबारे कुरा भइरहेको थियो, आफू त्यसको हिस्सा भएको उनले स्विकार गरेकी छिन् ।

याे पनि पढ्नुस्ः कालापानीमा छायो खुसी

दार्चुला । नेपाली सेनाले व्यासको घाँटीबगर इलाकामा कडा चट्टान रहेको भिरमा घोरेटो बाटोको ट्र्याक खुलाएको छ। गत जेठ ९ गतेदेखि काम शुरु गरेको सेनाले ५५० मिटर बाटोको ट्र्याक खुलाएको हो। भारतले सडक निर्माणका क्रममा घाँटीबगर क्षेत्रमा बाटो अवरुद्ध हुँदा व्यास गाउँपालिकाको वडा नं १ छांगरु र तिंकरका बासिन्दालाई आवतजावत गर्न समस्या भएपछि सेनाले बाटो खोल्ने जिम्मा पाएको थियो।

चार महिना बढी समय लगाएर सेनाले अप्ठ्यारो ठाउँमा बाटोको ट्र्याक खुलाएको हो। मौसम प्रतिकुल नहुनु, कडा चट्टानी भूगोल र सामान ढुवानीमै समय लागेका कारण ट्र्याक खुलाउने काम ढिलाइ भएको नेपाली सेनाका प्रवक्ता एवं सहायकरथी सन्तोषबल्लभ पौडेलले बताए। ‘भिर फुटाएर ट्र्याक खुलाइएको छ। सफाइ गर्ने काम एक दुई दिनभित्र सकिन्छ,’ उनले भने।

यो बाटो खुलेसँगै व्यासका बासिन्दालाई जोखिमपूर्ण मानिएको क्षेत्रमा बाटो सहज भएको छ। व्यासको छांगरु र तिंकरका बासिन्दा कार्तिक महिनामा सदरमुकाम खलंगा कुञ्चा झर्ने गर्छन्। व्यासको छांगरुमा ११७ र तिंकरमा ८७ घरधुरीको बसोबास छ। चट्टानी भूगोलले केहि ढिलाइ भए पनि स्थानीयका लागि सहजरुपमा आवतजावत गर्न मिल्ने गरी बाटो निर्माण भएको व्यास–२ का बासिन्दा हरकसिंह कार्कीले बताए। घाँटीबगरमा सेनाले बनाएको बाटोमा ट्र्याक राम्रो खुलेको र त्यो बाहेकका अन्य चार पाँच ठाउँमा पुनः बाटो अवरुद्ध भएको उनले बताए।

Leave a Reply

error: Please Dont Copy My Content!! !!