Saturday, December 3, 2022
Home > समाज > श्रीमान् पैसा कमाउन एक बर्षदेखि बिदेश, श्रीमतिले बोकिन् पेट, खुल्यो यस्तो रहस्य

श्रीमान् पैसा कमाउन एक बर्षदेखि बिदेश, श्रीमतिले बोकिन् पेट, खुल्यो यस्तो रहस्य

एजेन्सी । बैतडीमा अनौठो घटना घटेको छ । श्रीमान् एक बर्ष देखि भारत छन् तर श्रीमतिको पेटमा बच्चा आएको छ । अचानक पेट बढेपछि सोधखोज गर्दा अनौठो रहस्य आएको छ । उनको एक पुरुषसँग नियमित सम्पर्क भएको खुलेको छ । तर, त्यो सहमतिमा थियो या जबरजस्ती थियो प्रहरी अनुसन्धान गर्दैछ । धेरै नै सोध खोज भएपछि महिला प्रहरी समक्ष उजुरी लिएर पुगेकी छिन् । उनले नामै तोकेर प्रहरीमा जाहेरी दिएकी छिन् ।

यसै आरोपमा एकजना पुरुष पक्राउ परेका छन्। जिल्लाको मेलौली नगरपालिका–९ का २८ वर्षीय पुरुषलाई पक्राउ प्रहरीले जनाएको छ । ती पुरुषको नाम गोप्य राखिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले बताए । महिलाले दिएको जाहेरीको उनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक चन्दले बताए।

उनीमाथि डडेल्धुराको भागेश्वर गाउँपालिकाकी ती २३ वर्षीया महिलाले अनैतिक कार्य गरेर पेट बोकाएको आरोप लगाएकी हुन् । आफुमाथि जेठ १४ गते फुपु सासुको घर मेलौलीमा गएका बेला ती पुरुषले अनैतिक कार्य गरेको उनले प्रहरी समक्ष बताएकी छन् । ती पुरुषले ललाईफकाई आफनो घरको गोठमा लगेर यस्तो कार्य गरेको पीडित महिलाले बताइन् ।

महिलाका श्रीमान् एक वर्षदेखि रोजगारीको सिलसिलामा भारतमा रहेका छन् । अहिले ती महिला गर्भवती भएपछि घटना सार्वजनिक भएको हो । यसबारे श्रीमान् भने बेखबर रहेका छन् । घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ती पुरुषले ललाईफकाई आफनो घरको गोठमा लगेर आफुमाथि जेठ १४ गते फुपु सासुको घर मेलौलीमा गएका बेला ती पुरुषले अनैतिक कार्य गरेको उनले प्रहरी समक्ष बताएकी छन् । उनको एक पुरुषसँग नियमित सम्पर्क भएको खुलेको छ । तर, त्यो सहमतिमा थियो या जबरजस्ती थियो प्रहरी अनुसन्धान गर्दैछ ।

Leave a Reply