Saturday, December 3, 2022
Home > समाचार > बझाङ्ग घटना सेलाउन नपाउँदै सुनसरीमा घट्यो, लैला’ले खोल्यो ११ बर्षिया बालिका माथि घटेकाे रहस्य

बझाङ्ग घटना सेलाउन नपाउँदै सुनसरीमा घट्यो, लैला’ले खोल्यो ११ बर्षिया बालिका माथि घटेकाे रहस्य

सुनसरीको बराहक्षेत्र नगरपालिका–१ कटहरेकी ११ वर्षीया एक बालिकाको ज्यान गएको घटनामा लैला नाम गरेको कु कु रले महत्वपूर्ण सूचना प्राप्त गर्न सहयोग गरेको छ । शुक्रबार बिहान स्थानीय दशरत राईकी ११ वर्षीया छोरी मीना राई को घरमै सुतिरहेको अवस्थामा ज्यान गएको पाइएको थियो ।उनको घरका सबैजना छिमेकीको घरमा धामी बसेको हेर्न गएका थिए । प्रहरीका अनुसार त्यसै बेला ती बालिकाको घरमै ज्यान गएको अवस्थामा पाइएको थियो ।

घटनास्थल वरिपरि र क्सिका बो त ल भेटिएको र ती बालिकालाई पनि बो त लले हा ने को चो ट रहेको पाइएको थियो । आफ्नै घरको कोठामा मृ त भेटिएकी बालिका राईको टाउकोमा चो ट र घाँटीमा रुमाल र टिसर्ट बे रि ए को अवस्थामा पाइएपछि प्रहरीले अनुसन्धानका लागि संघीय प्रहरी इकाईबाट तालिम प्राप्त कु कु र सहित टोलि बोलाएको थियो ।

घटनास्थलमा लगिएको तालिम प्राप्त कु कु र घटना भएको घरबाट सुँघ्दै १ सय ५० मिटर परको एउटा घरमा पसेको थियो । सो घरका रञ्जित राई नामका किशोरलाई प्रहरीले नि य न्त्र ण मा लिएपछि उनका अन्य साथीहरु पनि नि य न्त्र णमा लिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगर, चक्रघटीका इन्स्पेक्टर पान्डब राजवंशीले बताए । रञ्जितले बालिकालाई भान्जी भन्ने गरेको र घरमा कोही नभएको अवस्थामा अनैतिक कार्य प्रयास गरेको प्रहरीले पत्ता लगाएको छ ।

राईको संलग्नता खुलेपछि म्याद थप गरेर अनुसन्धानगरिरहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानमा अनैतिक कार्य प्रयासको विषय आरोपीले स्वीकार गरेका छैनन् ।’ आरोपीले आफूलाई गरिब भनेको रिसमा ज्यान लिएको आरोपितले बताएको प्रहरीले जनाएको छ ।घटनास्थलमा इलाका प्रहरी कार्यालय चक्रघटी, चतरा प्रहरी चौकीका प्रहरी र स्थानीय जनप्रतिनिधिहरु पुगेका थिए ।

शुक्रबार राती छिमेकीमा धामी बसेको हेर्न बालिका मिना उनका आमा बुवासहित गएकी थिईन् तर उनी आमाबुवाभन्दा अघि नै राती १० बजे घर फर्किएकी थिईन् । धामी हेरेर बिहानको २ बजे बाबुआमा फर्किंदा बालिका घरमै मृ त अवश्थामा फेला परेको उनका बुवा दशरथ राइले प्रहरीलाइ जानकारी दिएका थिए ।

धामी हेरेर आमाबुवा राति आउँदा कोठामा बालिका चिसो भै सकेको अवस्थामा भेटिएको वडा नं १ का वडाध्यक्ष सुरेश श्रेष्ठले जानकारी दिए । सांकेतिक तस्वीर श्रोत इन्टरनेट

Leave a Reply