Friday, October 30, 2020
Home > भिडियो > राज्यको ढुकुटी रित्याएरै भएपनि ११ बालिकाको भविष्य अन्धाकार पार्दै परिषद (भिडियो सहित)

राज्यको ढुकुटी रित्याएरै भएपनि ११ बालिकाको भविष्य अन्धाकार पार्दै परिषद (भिडियो सहित)

काठमाण्डौं,भदौ ५ । केयर बाल गृह की पुष्पा अधिकारीले कार्टुनमा राखेको एउटा नवजात शिशु भेटएको खबरले सर्वत्र चर्चा पाउँछ । त्यही शिशुका बिषयमा बिभिन्न टिकाटिप्णी हुन्छ यसैचिच ७ दिनपछी बच्चाको न्वारन पनि गरिन्छ । त्यसअघी आम्कास नेपालकी बच्चा दिने ती महिलाले संका लाग्ने सादा पानामा निवेदन लेखी हतारहतार पुष्पालाई हस्ताक्षर गराइएको पत्र हेर्नुहोस् । एउटा पत्रमा मिती उल्लेख गरिएको छ भने अर्को पत्रमा उल्लेख छैन ।

यसै बिषयमा उनलाई संपर्क गर्दा उनले भनिन हतारमा लेखिएकोले मिती उल्लेख नगरेको बताइन बच्चा लेनदेन जस्तो सम्बेदनशिल कुरामा हतार गर्नु कतिको जायज हो ?

पत्र हेर्दा आम्कास नेपालको कर्मचारीको गतीविधी संकास्पद देखिएको छ, त्यहाँ त अझै त्यस्ता थुप्रै अरु शिशु जन्मिए होलान कतीले ती नवजात शिशु स्विकारेका होलान त कतीले जन्माए पनि अस्विकार गरेका होलान । वास्विकता नबाहिरिए पनि आम्कास नेपालमा जन्मिएका शिशुहरु कहाँ जान्छन के कस्तो अवस्थामा रहन्छन् रहस्यमय बनेको छ ।

संयोगले न्वारन कै बेलुकीपख उनको आमा बच्चा लिन आउँछिन हेर्नुहोस् बाल गृह को सी सी टिभीमा रेकर्ड भएको भिडियो र बच्चा लानु अघी पुष्पा अधिकारीले प्रहरी कार्यालयमा गई कागज गराएको मुचुल्का सार्वजनिक भएको छ ।

यती हुँदा सम्म पुष्पालाई बच्चा भेटिएको नाटक गरेको अभियोगमा युट्युब च्यानल प्रस्तोता भाग्य न्यौपाने,शिशिर भण्डारी, र सरु सुनार न्यायधिस बनेर न्याय अन्याय छुट्याउन बिभिन्न लाल्छना लगाउँदै फैसला सुनाउँछन ।

तर बास्तबिकता यहाँ अर्कै रहेछ । पुष्पाको सन्तान मोह अर्थात छोरी पाल्ने चाहना,त्यसै चाहनाले मोहित बनेकी पुष्पा आम्कास नेपालकी ती कर्मचारीको चक्रब्युहमा पर्नु निकै रहस्यपूर्ण रहेको देखिन्छ ।

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!