Saturday, October 24, 2020
Home > समाचार > अत्यन्तै दुःखद खबरः वालिङको पहिरोमा ज्यान गुमाएका ९ जनाको राम्दीमा सामूहिक दा’हसं’स्कार !

अत्यन्तै दुःखद खबरः वालिङको पहिरोमा ज्यान गुमाएका ९ जनाको राम्दीमा सामूहिक दा’हसं’स्कार !

स्याङ्जा ।

पहिरोमा पुरिएर ज्यान गुमाएका ९ जनाको रामनदी धाम (राम्दी) मा बिहीबार साँझ सामूहिक दा’हसं’स्कार गरिएको छ । स्याङ्जा र पाल्पाको संगमस्थल रामनदीधामस्थित कालीगण्डकी नदीमा सामूहिक दा’हसं’स्कार गरिएको हो ।

९ जनालाई आठवटा छुट्टाछुट्टै चि’ता बनाइएको थियो । ६ महिनाका बालकलाई १९ वर्षीया आमा बिनिता नेपालीसँगै एउटै चि’तामा राखेर दाहसंस्कार गरिएको नेपाल दलित संघ स्याङ्जाका अध्यक्ष लिलबहादुर रनपालले बताए ।

सबैजना एकैघरका भएकाले दागबत्ती दिने परिवारभित्रैको कोही पनि नभएपछि आफन्तमध्येका जीबलाल परियारले सबैजनालाई दागबत्ती दिए । पहिरोमा पुरिएर जीवितै उद्धार गरिएकी १६ वर्षीया मनिषा नेपालीको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

मनिषाको सम्पूर्ण उपचार खर्च वालिङ नगरपालिकाले जिम्मा लिने वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बताए । वालिङ नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै घटनामा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!