Saturday, December 3, 2022
Home > समाचार > कम्युनिष्ट नेताको घरमा ११ हजार ७ सय ९३ केजी सुन भेटियो, बैकमा ६० अर्ब बचत !

कम्युनिष्ट नेताको घरमा ११ हजार ७ सय ९३ केजी सुन भेटियो, बैकमा ६० अर्ब बचत !

काठमाडौ । भ्रष्टाचारको कुनै सीमा हुँदैन । भ्रष्टाचार डुवेकाहरु कहिलै पूर्ण हुँदैनन् । यो यति जटिल रोग हो की कसैलाई छोड्दैन । यसले देश र जनतालाई नै सुकाईरहेको हुन्छ । यो तथ्य चीनमा भेटिएको छ जहाँ एक नेताको घरबाट साँढे १३ टन अर्थात ११ हजार ७ सय ९३ केजी भन्दा बढी सुन भेटिएको छ । घरको कोठाका दराजहरु सुनले भरिएका थिए ।

घरभित्र सुनको ईट्टाको ठूलो परिणाम थियो । सुनकै बारहरु लगाइएको थियो । कोठा सुनै सुनले बनाइएको थियो । ३० अर्ब डलर भ्रष्टाचार गरेको आशंकामा प;क्राउ परेका उनको घरको यसै महिना खानतलासी गर्दा साँढे १३ टन (११ हजार ७ सय ९३ केजी) सुन बरामद भयो । बरामद सुन घर निर्माण गर्दा प्रयोग गरिएका छन् ।

घरको कोठाहरु नै सुन जस्तो थियो । सुन बरामदको परिणाम देखेर अनुसन्धानकर्ता नै छक्क परे । खोज्दै जाँदा उनको बैंक एका;उन्ट;मा मात्र ५२ करोड डलर भेटियो जुन नेपाली रुपैयाँ ६० अर्ब हुनआउँछ ।

चिनियाँ कम्युनिष्ट पार्टीका नेता चाङ की हाइकु प्रान्तमा खटिएका थिए । ५८ वर्षीय उनले जुन परिमाणको भ्र;ष्टा;चार गरेका थिए त्यो पुष्टि भएमा उनी चीनको सबैभन्दा धनी ज्याक माभन्दा पनि धनी ठहरिनेछन् । ज्याक माको कुल सम्पत्ति ३० अर्ब डलर छ । तर, भ्र;ष्टा;चारको अभियोगमा पक्राउ परेका चाङको कुल सम्पत्ति योभन्दा माथि भेटिएको छ ।

उनीसँग विलासी भिल्लाहरु रहेको पत्ता लागेको छ । चाङ हाइकु प्रान्तका कम्युनिष्ट पार्टी कमिटिका सचिव थिए । उक्त प्रान्तमा ९० लाख जनसंख्या छ । त्यहाँको मेयर बराबर उनको शक्ति थियो । उक्त प्रान्तमा कम्युनिष्ट पार्टीको स्थायी समितिमा पनि थिए ।चीन सरकारले उनीमाथि भ्र;ष्टा;चारको अभियोगमा छानविन अगाडि बढाइसकेको छ । उनको अभियोग पुष्टि भएमा फाँ;सी;को स;जा;य सम्म हुनसक्छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले भ्र;ष्टा;चारविरुद्ध कडा कदम चाल्दै आएका छन् । यस क्रममा चीनका उच्च अधिकारीहरु समेत पक्राउ परेर कारबाहीमा परेका छन् । एजेन्सी

Leave a Reply