Monday, October 26, 2020
Home > भिडियो > कोरोनाले निधन भएको भनिएका ब्यक्तिको आँखै छैन, घाँटीमा गहिरो चोट देखिएपछि अस्पतालमै यस्तो हंगामा (भिडियो हेर्नुस्)

कोरोनाले निधन भएको भनिएका ब्यक्तिको आँखै छैन, घाँटीमा गहिरो चोट देखिएपछि अस्पतालमै यस्तो हंगामा (भिडियो हेर्नुस्)

काठमाडौ । केन्द्रीय कारागार सुन्धारामा थप एक कै दीको कोरोनाबाट निधन भएको छ । असोज ३ गते निधन भएका रुपन्देहीका ६३ वर्षीय पुरुषमा सोमबार साँझ कोरोना पुष्टि भएको कारागार प्रमुख जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले बताए। उनको गत शनिबार वीर अस्पतालमा उपचारको क्रममा ज्यान गएको थियो। निधन पछि गरिएको परीक्षणमा उनमा कोरोना देखिएको हो।

कर्तव्य ज्यान मु द्दामा जन्म कै दको जे ल सजाय का टि रहेका उनी मिर्गौला रोगी समेत रहेको बताइएको छ । उनलाई स्वासप्रस्वासमा समस्या देखिएपछि शनिबार वीर अस्पताल भर्ना गरिएको थियो। त्यही दिन उनको निधन भएको थियो।

उनका आफन्तले भने कोरोना र बिमारी नभइ अन्य कारणले नै ज्यान गएको गुनासो गरिरहेका छन्। कोरोना पुष्टि भएको भन्दै आफुहरुलाई शव नदेखाइएको भन्दै आफन्तले अस्पतालमै विरोध गरेका छन् । एक जना महिला आफन्तले आफु विरामी हो भनेर शवको कपडा खोलेर हेर्दा शवको दुईवटै आँखा नभएको र अनुहार र घाँटीमा गहिरो चोट देखेको बताएकी छन् ।

आफन्तहरुले शवको पोष्टमार्टम गर्नुपर्ने माग राखेका छन् । कोरोनाको नाम दिएर उनको कसैले ज्यान लिएको आफन्तको गुनासो छ । आफन्तसँग छलफल भइरहेको जेलर बाँस्कोटाले बताए। केन्द्रीय कारागारमा हालसम्म ६ जना कोरोना संक्रमितको ज्यान गएको छ ।

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!