Friday, December 2, 2022
Home > प्रवास > OMG! अमेरिकामा नेपाली चेलीकाे यस्तो दुःखद खबर

OMG! अमेरिकामा नेपाली चेलीकाे यस्तो दुःखद खबर

टेक्सास, अमेरिका। अमेरिकामा कार दुर्घटना हुँदा चिवनकि एक नेपाली महिला गम्भीर घाइते भएकी छन् । चितवन स्थायी घर भई हाल डलास टेक्सासमा आफ्नो परिवारहरूका साथ बस्दै आएकी गंगा कार्कीको कार दुर्घटनामा परेर गम्भीर घाइते भएकी हुन् ।गएको २२ सेप्टेम्बरको साँझ साढे ८ बजे तिर  कामबाट घर फर्कने क्रममा हाईवे १८३ आर्भिङ्ग टेक्सासमा ठुलो कार दुर्घटनामा परेकी उनी गम्भीर घाइते भएकी हुन् ।

दुर्घटना लगत्तै अर्धचेत अवस्थामा उपचारका लागि उनलाई बेलोर ग्रेपभाईन हस्पिटलमा लगिएको थियो । करिब ४ घण्टाको अपरेसनपछि उपचारमा संलग्न डाक्टरहरुले गंगाको शरीर र अनुहारमा धेरै हड्डीहरु भाँचिएको तथा छातीमा निकै ठूलो चोट रहेको र रगत बग्ने क्रम नरोकिएर पेटको ओपन सर्जरी समेत गर्नुपरेको बताएका छन् ।

अहिले गंगा ट्रौमा (आईसियु) मा आफ्नो जीवन संघर्ष गरिरहेकी छिन् । हालसम्म दुईवटा मेजर सर्जरी भइसकेको छ भने फोक्सोमा पानी देखा परेकाले थप ३ वटा सर्जरी गर्न बाँकी रहेको चिकित्सकले बताएका छन् । उपचारमा संलग्न चिकित्सककाअनुसार उनको उपचारका प्रक्रिया लामो समय चल्नेछ ।गंगाका ६ वर्ष र ११ महिनाको दुई छोरा छन् ।

श्रीमती घाइते भएपछि श्रीमान दिनेश कार्क आफ्नो काम छाडेर दुई छोराको हेरचाहमा समेत समय दिनु परेको छ । यसर्थ कमाउने मानिस नै विरामी र बिरामी तथा छोराको हेरचाहमा लाग्नु परेपछि कार्की परिवार आर्थिक संकटमा परेका छन् । त्यसमाथि उपचारका लागि समेत खर्च गर्नुपर्दा न्यून आम्दानीले गर्दा गंगाको उपचारमा आर्थिक अभाव भएको छ । जस कारण देश विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा आ–आफ्नो ठाउँबाट जे जति सकिन्छ सहयोग गर्न कार्की परिवारले अनुरोध गरेको छ ।

Leave a Reply