Monday, October 26, 2020
Home > भिडियो > विदेशमाकमाएको ७ लाख रुपैया र दुई छोरी समेत लिएर श्रीमती फरार श्रीमान रुँदै मिडियामा भिडियो हेर्नुस

विदेशमाकमाएको ७ लाख रुपैया र दुई छोरी समेत लिएर श्रीमती फरार श्रीमान रुँदै मिडियामा भिडियो हेर्नुस

काठमाडौ । श्रीमान विदेशमा थिए । घरमा श्रीमती र दुई छोरी थिए । कहिले काँही घरमा आउँदा श्रीमतीले लुकेर अरुलाई फोन गरेको श्रीमानले देखेका थिए । श्रीमतीको मोवाइलमा अरुले नै रिचार्ज गरिदिएका हुन्थे । कसले मोवाइलमा रिचार्ज गरिदिन्छ भनेर प्रश्न राख्दा मलाई रिचार्ज गर्ने मान्छे थुप्रै छन् भनेर भन्ने गरेकी थिइन् । यो घटना दागंको हो । श्रीमान विदेश जानु अघि निकै साधारण भेषभूषा गर्ने श्रीमती श्रीमान विदेशवाट आएपछि भने उनको स्टाइल पनि निकै फरक भएको श्रीमानले बताएका छन् ।श्रीमतीले अरुसंगै फोनमा ब्यस्त हुन थालेपछि भएको सामान्य विवाद पछि उनको श्रीमती २ छोरी लिएर हराएकी छन् । विवाद एक महिना अघि भएको थियो । तर एक महिना पछि उनले म दिदीको घरमा जान्छु भनेर राम्रैसंग श्रीमानसंग विदा लिएर उनी छोरी लिएर गएकी थिइन् । असोज १ गते उनी दिदीको घरमा जाने भनेर गएको बताएका छन् । उनी विदेशवाट आएको एक वर्ष भइसकेको थियो । श्रीमान विदेशवाट आएपछि पनि श्रीमतीले लुकेर अरुलाई नै फोन गर्न थालेको उनले बताएका थिए ।

श्रीमती हराउनु अघि उनी केही समय अघि एक जना बहिनीसंग सल्यान गएको पनि उनले बताएका छन् । श्रीमतीले २ छोरी र केही पैसा पनि लिएर गएको बताएका छन् । करिब ७ लाख रुपैया समेत हिनामिना गरेको श्रीमानको आरोप छ । आफु विदेश जाँदा श्रीमतीलाई माइतमा छोडेर गएको बताएका छन् ।

दुई छोरी लिएर पवित्रा रावत हराएपछि श्रीमान लक्ष्मण रावतले श्रीमतीको खोजी गरेका हुन् । आफु विदेशमा रहँदा नै श्रीमतीको बारेमा नराम्रो खबर सुनेपछि फर्केर आएको बताएका छन् । सल्यानमा बस्दा श्रीमती अरुसंगै हिड्ने गरेको छ भनेर सुनाएपछि आफु विदेशवाट आएको बताए । आफ्नै आँखाले नदेखेका कारण विदेशवाट आएपछि पनि एक वर्ष उनीसंगै बसेको श्रीमानको भनाई छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!