Friday, May 27, 2022
Home > समाचार > दशैको मुखमा दुखद खबर ,काठमाडौं हि‌डेको यात्रुबस सुनकोसीमा खस्यो – हेर्नुहोस

दशैको मुखमा दुखद खबर ,काठमाडौं हि‌डेको यात्रुबस सुनकोसीमा खस्यो – हेर्नुहोस

सिन्धुली : वीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोसी गाउपालिका-५ रिठ्ठेभीरमा बस दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ५ जना गम्भीर घाइते भएका छन् । तीन जना हराइरहेको आशंका गरिएको छ । सिन्धुलीबाट काठमाडौं जाँदै गरेको ना.६ ख ९१२ नम्बरको मिनीबस र काठमाडौंबाट सिन्धुलीको खुर्कोटतर्फ आँउदै गरेको बा.९९ प २५९७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा बस सडकबाट सुनकोसी नदीमा खसेको थियो ।

मोटरसाइकल चालक देवेन्द्र विक सामान्य घाइते भएका छन् ।गम्भीर घाइतेको उपचारका लागि धुलीखेल लगिएकोछ । हराइरहेकाको खोजी कार्य जारी रहेको सिन्धुली प्रहरीका प्रवक्ता लोकदर्शन थापाले जानकारी दिए ।

मिनीबसमा कति जना सवार थिए भन्ने यकिन नभएको प्रहरीले जनाएको छ । घटना स्थलमा नेपाल प्रहरी, शस्सत्र प्रहरी र स्थानीयले उद्धार गरिरहेका छन् । बस सडकबाट करीब ७ सय मिटर तल सुनकोसी नदीमा खसेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!