Tuesday, October 27, 2020
Home > रोचक > कृपया हेर्न नछुटाउनु होला यो ( भिडियो )

कृपया हेर्न नछुटाउनु होला यो ( भिडियो )

दक्षिणकाली मन्दिर राजधानी काठमाडौंबाट २२ किलो मिटरको दुरीमा दक्षिण भेगमा अवस्थित रहेको छ।उक्त मन्दिर लाई काली देवीको मन्दिर पनि भनिन्छ मन्दिर राजा प्रताप मल्ल द्धारा निर्माण गरिएको हो। चारैतिर हरियाली ले सजिएको यो मन्दिर दुई नदीको दोभानमा रहेको छ।

मन्दिरमा कालीको मूर्ति बोहक अन्य देवी देवताको मूर्ति छन्।भनिन्छ,यहाँ राजाहरू पनि प्रत्येक वर्षको वैशाखमा आफ्नो देवाली मनाउन आउँथे।मन्दिरमा बर्सेनि हजारौं भक्तजन आफ्नो मनोकाङ्क्षा पूरा गर्न आउँछन्। दसैंको बेला विशेष मेला लाग्छ। दसैंको नव रात्रीमा कैयौं भक्तजन हरू हाँस, कुखुरा राँगो, बोकाको ब’लि दिन्छन्। यो मन्दिर धार्मिक र सांस्कृतिक दृष्टिकोटले धनी छ ।

किंम्वदन्ती अनुसार दक्ष प्रजापतिको तेत्तिसकोटी कन्या मध्य दक्षिण काली एक हुन् । उनी गोरखनाथ माथिको डाँडामा जङ्गलको मध्य भागको शिलामा बसेकी थिइन् । १८२५ मा प्रताप मल्ललाई राति सपनामा दक्षिणकालीले आफू दक्षिणकाली भएको र फर्पिङ देखि माथि नगरचो डाँडाको शिलामा बसेको बताईन् ।
राजाले त्यति ख्याल नदिएपछि दरवारकै पञ्चकन्या मध्ये एउटी कन्यालाई दक्षिण काली प्रकट भई आफू बसेको स्थान र पुजा आजाको बारेमा बताएकी थिइन् । त्यसपछि राजा प्रताप मल्ल द्वारा तान्त्रिक गुरु लम्बकर्ण भट्टको सहयोगमा प्राचिन दक्षिण कालीको शिला भएको स्थानमा आई विधि पूर्वक पूजा आजा गराए ।भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस 👇

Leave a Reply

error: Please Dont Copy My Content!! !!