Saturday, December 3, 2022
Home > समाचार > दशैको मुखमा ठुलो दुखद खबर, नुवाकोटबाट काठमाडौँ आउँदै गरेको यात्रुबाहक बस दुर्घटना…४४ यात्रु

दशैको मुखमा ठुलो दुखद खबर, नुवाकोटबाट काठमाडौँ आउँदै गरेको यात्रुबाहक बस दुर्घटना…४४ यात्रु

काठमाडौँ । नुवाकोटको खरानीटारबाट काठमाडौँ आउन लागेको यात्रुबाहक बस दुर्घटना हुँदा ४४ यात्रु घाइते भएका छन्। घाइते मध्ये केहीको अवस्थामा गम्भिर रहेको छ।नुवाकोटको खरानीटारबाट काठमाडौँका लागि छुटेको बा१ ख ६३५६ नम्बरको यात्रुबाहक बस आज बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

दुर्घटनामा घाइते भएका मध्ये १३ जनालाई उपचारका लागि काठमाडौँ ल्याइदै छ। बसमा प्राय दसैँका लागि किनमेल गर्ने यात्रुहरु सवार थिए। घटनाको पूर्ण विवरण आउन बाँकी छ।

यो पनि पढ्नुहोस

९ वर्ष अगाडी हराएको जहाज अचानक समुद्रमा भेटियो ,जहाजमा गएर हेर्दा सुरक्षाकर्मीको सातो गयो

गत महिना हिन्द महासागरमा निकै आश्चर्यजनक घटना भयो । म्यानमारजिकै भएको यो घटनाले संसारभर सनसनी मच्चाइरहेको छ । यहाँ समुद्री सुरक्षाकर्मीले समुद्रमा एउटा जहाज तैरिरहेको देखे । आश्चर्यको कुरा के भने यो जहाज ९ वर्षअगाडि समुद्रबाटै बेपत्ता भएको थियो । अचानक म्यानमारनजिकै देखिएको यो जहाजमा गएर कोष्टकार्डले जाँच गर्दा उनीहरुको सातो गयो । किनकि न जहाजमा कुनै सामान थियो न चालकदलका कुनै सदस्य । यो जहाज पूरै रित्तो थियो ।

बिना चालक जहाज तैरिरहेको भेटिएपछि संसारभर यसको चर्चा बढेको छ । मानिसहरु यसलाई भुताहा जहाज भनिरहेका छन् । यो जहाजको नाम स्याम रताउलांगी पीबी १६०० हो । यो जहाजका ट्रान्सपोण्डरले पछिल्लो पटक २००९ मा ताइवाननजिकै आफू भएको खबर पठाएका थिए । त्यसपछि यो जहाज सम्पर्कविहीन भएको थियो । म्यानमारको समुद्री इलाकामा यसरी बेवारिसे जहाज देखिएको यो पहिलो घटना हो ।

म्यानमारको राजधानीको समुद्र तटबाट करिब ११ किलोमिटर टाढा मर्तबानको खाडीमा सबैभन्दा पहिले माझीहरुले यो जहाज देखेका थिए । यांगुन प्रहरीले फेसबुकमा लेखेको छ ‘जहाज देखिएपछि प्रहरी त्यहाँ गएर जाँच गरेको थियो । जहाजमा न कुनै सामान थियो न कुनै चालक दलका सदस्य थिए । जहाजमा इण्डोनेशियाको झण्डा लगाइएको थियो ।’ संसारभरका जहाजको रेकर्ड राख्ने मरिन ट्राफिक वेबसाइटका अनुसार यो जहाज २००१ मा बनेको थियो ।

Leave a Reply