Tuesday, October 27, 2020
Home > समाचार > कोरोना भाइरसले पहिलो नेपाली सैनिकको मृत्यु

कोरोना भाइरसले पहिलो नेपाली सैनिकको मृत्यु

कोरोनाका कारण मृत्यु हुने ती पहिलो सैनिक रहेको सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले बताए।भदौ ३१ गते मृत्यु भएका ती सैनिकलाई असोज १ गते कोरोना संक्रमण पुष्टि भएको हो।मृत्यु सैनिक ब्लड क्यान्सरबाट पीडित रहेको सेनाले जनाएको छ। रामेछाप घर भएका ती सैनिक जवानको अन्य विवरण गोप्य राखिने सेनाले जनाएको छ।एजेन्सी, ४ असोज । कोरोना भाइरस अर्थात कोभिड-१९ बिरुद्धको खोप लगाउने सौभाग्य एक नेपालीले पनि पाएका छन् शक्ति सम्पन्न मुलुकहरुबीच कोरोना बिरुद्धको औषधि बिकास गर्न प्रतिस्पर्धा चलिरहेको बेला रुसमा रहेका एक नेपालीले भने यसबिरुद्धको भ्याक्सिन लगाउने
अवसर पाउनुभएकाे हाे ।रुसले कोरोना भाइरस बिरुद्धको औषधि निर्माण गरिसकेको दावी गर्दै आम रुपमा भ्याक्सीन दिँदै आएको छ । सोही क्रममा विश्वमै

पहिलो पटक निर्माण भएको कोरोना भाइरस बिरुद्धको भ्याक्सीन रुसमा कार्यरत डा. महेश श्रेष्ठले पाउनुभएको हो ।श्रेष्ठ रुसको मस्कोस्थित कार्यरत नेपाली मुलका डाक्टर हुनुहुन्छ । उहाँ सल्यानमा जन्मिनु भएको थियो । ६१ वर्षीय डाक्टर श्रेष्ठले शनिबार कोराना भाइरसबिरुद्धको खोप लगाउनुभएको हो ।उहाँले लक्की ड्रमा नाम परेपछि कोरोना भाइरस बिरुद्धको औषधि लगाउने अवसर पाउनु भएको हो । श्रेष्ठको नाम रसियन सरकारद्वारा अनलाइनमा लक्की ड्र ग र्दा छानिएको थियो ।उहाँले भ्यासीन लगाउनुभएको बारे गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. बद्री केसीले पुष्टी गर्नुभएको छ । भ्याक्सी न लगाएपछि डाक्टर श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । काेराेना भाइरस बिरुद्धको औषधि निर्माण गर्न चीन, अमेरिका, भारत र बेलायत जस्ता सम्पन्न मुलुकहरू लागी परिरहेका छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!