Saturday, October 24, 2020
Home > बिजनेस > नेपालीहरूका लागि खुशीकाे खबरः नेपालले खरिद गरेका दुई रेल आज आउँदै

नेपालीहरूका लागि खुशीकाे खबरः नेपालले खरिद गरेका दुई रेल आज आउँदै

काठमाडौँ – भारतसँग जोड्ने तराइकाे एक मात्र रेलमार्ग जनकपुरदेखि जयनगरसम्म सञ्चालन गर्न भारतसँग खरिद गरिएका नेपालको राष्ट्रिय झण्डा अङ्कित दुईवटा रेल शुक्रबार नेपाल आउँदैछन् । बन्द भएको झण्डै आधा दशकपछि नेपाली भूमिमा रेल सेवा सुुरु हुन लागेको हो । छ वर्षअघि २०७१ सालबाट सो रेल सेवा बन्द रहेको छ । नेपाल र भारतबीच ‘जीटूजी’ प्रक्रियाबाट रेल खरिद गरिएको हो । – सम्बन्धित समाचारकाे भिडियो हेर्न तल क्लिक गर्नुहाेस***

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जनकपुरदेखि जयनगरसम्म सञ्चालन गर्न भारतसँग खरिद गरिएका दुईवटा रेल शुक्रबार मध्याह्न जनकपुर रेल्वे स्टेसनमा आइपुग्ने जानकारी दिए । उनले जनकपुरमा रेल सञ्चालन हुने प्रतीक्षाको घडी अब समाप्त भएको छ भने । महाप्रबन्धक भट्टराईले रेल आउने कार्यक्रममा नेपालका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पदाधिकारी, रेल विभागका महानिर्देशक, रेल्वे कम्पनीका महाप्रबन्धक लगायतका पदाधिकारीको सहभागिता रहनेछ ।

भारतका तर्फबाट कोङ्कर्ण रेल्वे कर्पोरेसनका बीस जना उच्च प्राविधिकको सहभागिता रहनेछ । नेपाली अधिकारी शुक्रबार बिहानै जयनगरस्थित ‘नेपाल रेल्वे स्टेसन’ पुग्ने र त्यहाँबाट भारतीय पदाधिकारीसँगै रेलमा चढेर जनकपुर आउनेछन् । अहिले भारतको विहारस्थित हाजिपुर स्टेसनमा राखिएका ती रेल जयनगर हुँदै जनकपुर आइपुग्न करिब चार घण्टा लाग्नेछ । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।

नयाँ सक्रमितको संख्यामा दोब्बरले वृद्धि

एजेन्सी । डब्ल्यूएचओका अनुसार महामारीको सुरुवातदेखि अहिलेसम्म युरोपमा ५० लाख संक्रमित भेटिएका छन् भने २ लाख २८ हजारको मृत्यु भइसकेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का क्षेत्रीय निर्देशकले पछिल्ला केही दिनदेखि युरोपमा कोरोनाभाइरसको संक्रमणको आँकडा हेरेर यसमा निकै गम्भीर हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।

हान्स क्लूगले पछिल्लो दुई हप्तामा युरोपका सदस्य देशमा कोरोनाको नयाँ सक्रमितको संख्यामा दोब्बरको वृद्धि भइरहेको बताएका छन् । ‘हाम्रो सामुन्ने निकै गम्भीर स्थिती निम्तिने खतरा छ,’ उनले भने । संसारभरी कोरोना संक्रमितको संख्या ३ करोड नाघेपछि उनले सो कुरा बतँएका हुन् ।

गत वर्ष चीनबाट सुरु भएको यो भाइरसका कारण हालसम्म ९ लाख ४२ हजार बढीको मृत्यु भएको छ । बिहिबार कोपेनहेगनमा बोल्ने क्रममा क्लूगले अघिल्लो हप्ता युरोपभरी ३ लाख नयाँ संक्रमित थपिएको जानकारी दिए । मार्च महिनामा महामारी उत्कृर्षमा पुगेका बेलाभन्दा अहिले संक्रमण बढिरहेको उनले बताए ।

यो आँकडालाई हामी सबैले निकै गम्भीर रुपमा लिनुपर्छ । यता अस्पतालमा बिरामीको चाप र मृत्युदरमा भने वृद्धि देखिएको छैन यद्यपि, स्पेन र फ्रान्समा संक्रमितको संख्यामा दिनानुदिन वृद्धि भइरहेको छ । हाल विशेषगरी युवावर्गमा कोरोनाको संक्रमण अत्यधिक देखिएको छ । यी संक्रमण ज्येष्ठ नागरिकमा फैलिए, स्थिती थप चिन्ताजनक हुने बताइएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!