Wednesday, September 30, 2020
Home > जीवनशैली > किन ट्रोल भइरहेकि छिन् आँचल ?

किन ट्रोल भइरहेकि छिन् आँचल ?

काठमाडौं – केही समययता एकपछि अर्को गर्दै नेपाली फिल्म क्षेत्रका कलाकारहरु विवादमा फस्ने गरेका छन् । वर्षा राउत, दीपाश्री निरौला, पूजा शर्मा लगायतका कलाकार यसअघि विवादमा तानिएका थिए । सामाजिक सञ्जालमा पनि यी कलाकारलाई ट्रोलिङ बनाइयो । यतिबेला भने अर्की कलाकार आँचल शर्मालाई सामाजिक सञ्जाल प्रयोगकर्ताले तारो बनाएका छन् । आँचल यत्तिकै विवादमा भने आएकी होइनन् ।

उनले एक अन्तर्वार्ताका क्रममा महिलाहरुले टिकटकमा हात हल्लाएर पनि आफ्नो कला देखाउन सक्ने बताएकी थिइन् । उनले भनेकी थिइन्, ‘केटीहरु टिकटकै बनाए पनि क्रियटिभ हुन्छन्, किनकि दिमाग चलाएको हो नि, क्रियटिभ दिमाग त्यत्तिकै चल्दैन ।’ उनले केटाहरुले पब्जी खेल्ने तर युवतीहरु टिकटक बनाउने गरेको बताएकी थिइन् ।

आँचलको यो अभिव्यक्तिपछि सामाजिक सञ्जालमा उनलाई ट्रोल बनाइएको छ । ‘हात चलाउन जान्दैमा कोही क्रियटिभ नहुने’ भन्दै उनलाई मजाकमा उडाइएको छ । उनले सानैदेखि केटाहरु पब्जी खेल्न थाल्ने र केटीहरु टिकटक बनाउने थाल्ने देखिएको बताएकी थिइन् । – समाचारकाे भिडियो हेर्न तल क्लिक गर्नुहाेस्***

Leave a Reply

error: Please Dont Copy My Content!! !!