Wednesday, September 30, 2020
Home > समाज > एक बर्ष अगाडि नै ह त्या गरि गाडिएकाे श व यस्तो अवस्थामा! परपुरूषसँग लहसिएकि श्रीमतिकाे चकित पार्ने बयान!

एक बर्ष अगाडि नै ह त्या गरि गाडिएकाे श व यस्तो अवस्थामा! परपुरूषसँग लहसिएकि श्रीमतिकाे चकित पार्ने बयान!

नवलपुर– पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका १८ हुर्चिल (साविकको रतनपुर) का ४२ वर्षीय धनबहादुर सुगरपार्कको ह त्या भएको एक वर्षपछि गाडिएको अवस्थामा कं काल भेटिएको छ । एक बर्ष अगाडि देखि हराइरहेका धनबहादुरको ह त्या भएको आशंकामा उनकी श्रीमतीलाई प्रहरीले पक्राउ गरेको गरेको थियो । सोधपुछका क्रममा धनबहादुरको ह त्या गरी श व गाडिएको रहस्य खुल्यो । – समाचारका अन्य भिडियोहरू हेर्न तल क्लिक गर्नुहाेस्****

अभियुक्तले भनेकै स्थान, घरबाट झण्डै एक किलोमिटर टाढा, सुन्दरी सामुदायिक वनमा मंगलबार प्रहरीले उत्खनन् गरी मानव कंकाल फेला पारेको छ । प्रारम्भिक अनुसन्धानपछि उत्खनन् गरी निकालिएको कं काल परीक्षणका लागि भरतपुर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले बताए ।

के थियो घटना ?

धनबहादुर एक वर्षअघि घरबाटै बेपत्ता भएका थिए । तर, परिवारजनले बेपत्ता भएको कतै खबर गरेनन् । २०७६ असार २० गतेदेखि धनबहादुर बेपत्ता भए पनि परिवारले खबर नगरेपछि गाउँलेलाई थाहा हुने कुरा भएन । महिनौँसम्म पनि धनबहादुर नदेखिएपछि स्थानीयवासीले शंका गर्नु स्वाभाविक थियो । घटनाको १४ महिनापछि स्थानीयवासीको मौखिक उजुरीकाआधारमा प्रहरीले धनबहादुरकी पत्नी फूलमायाँलाई सोधपुछका लागि बोलायो ।

प्रहरीको फेला परेपछि फूलमायाले ह त्या गरेको स्वीकार गरिन् । उनले ह त्यामा आफूमात्र नरहेको भेद पनि खोलिन् । उनले स्थानीयबासी ४० वर्षका मेखबहादुर सुनारीको समेत ह त्यामा संलग्न रहेको प्रहरीलाई बयान दिइन् । फूलमायाकै बयानका आधारमा धनबहादुरको ह त्या भएको १४ महिनापछि मेखबहादुरलाई पनि प्रहरीले पक्राउ गर्‍यो ।

प्रहरीका अनुसार परपुरुषसँग लहसिएकी फूलमायाले पतिले सम्बन्धबारे थाहा पाएपछि धनबहादुरको ह त्या गर्ने योजना बनाइन् । फूलमाया र मेखबहादुरले धनबहादुरको घरमै ह त्या गरी श व नजिकैको सामुदायिक वनमा लगेर धनबहादुरलाई गाडे । प्रहरीका अनुसार दुई जनाको सम्बन्ध धनबहादुरले थाहा पाएपछि उनीहरुले ह त्या गरी जंगलमा लगेर श व गाडेको थिए ।

नगरपालिकाको दुर्गम पहाड

पूर्वपश्चिम राजमार्गको भेडाबारीबाट झण्डै पाँच घण्टाको पैदल यात्राबाट मात्रै घटनास्थल पुग्न सकिन्छ । साविकको पहाडी गाविस रतनपुर हुर्चिल अहिलेको गैँडाकोट नगरपालिकाको १८ नम्बर वडामा पर्छ । हुर्चिल पुग्न पहाडी कच्चीबाटो भएकाले वर्षामा हिँडेर पुग्न समेत निकै मुश्किल पर्छ । पहाडी गाउँको पातलो बस्ती एक गाउँबाट अर्को गाउँ पुग्नसमेत धेरै हिड्नुपर्ने बाध्यता रहेको ठाउँमा नगर प्रहरीको पहुँच पुग्दैन ।

प्रहरीसँगको बयानमा फूलमायाले मेखबहादुरसँग मिलेर आफ्नो पतिको ह त्या गरी श व गाडेको बताएपछि सोही बयानका आधारमा प्रहरीले मंगलबार श व गाडेको स्थानमा खनेर अस्थिपञ्जर निकालेको थियो । यही भदौ २९ गते पक्राउ परेका फुलमाया सुगुरपाक र मेखबहादुर सुनारीलाई नवलपुर जिल्ला अदालतबाट १० दिनको म्याद थपसमेत गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान जारी राखेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता खाँडले बताए ।

प्रहरीले मुलुकी अपराध संहिता २०७४ को भाग २ परिच्छेद १२ को ज्यान सम्बन्धी कसुर मुद्दामा कारबाही अघि बढाएको छ

Leave a Reply

error: Please Dont Copy My Content!! !!