Thursday, October 1, 2020
Home > समाचार > फेरि काठमाडौंमा भूकम्पको कडा धक्का, त्रासमा सबै घर बाहिर

फेरि काठमाडौंमा भूकम्पको कडा धक्का, त्रासमा सबै घर बाहिर

काठमाडौ ३१ भदौ । बुधबार विहान गएको भुकम्पको केन्द्र विन्दु सिन्धुपाल्चोक रहेको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ६ म्याग्निच्यूडको भूकम्प गएको जनाएका छन । अधिकारीका अनुुसार भूकम्पको धक्का खोटाङ, भोजपुरसहितका पहाडी जिल्लामा पनि महसुस भएको छ।

काठमाडौंमा पनि भूकम्पको कडा धक्का महसुस भएको छ। भूकम्पको क्षतिबारे कुनै विवरण प्राप्त भएको छैन। विहानको समयमा मानिसको चहलपहल हुन थालेका बेला भूकम्प गएको हो। भूकम्पको धक्कापछि मानिसहरू काठमाडौ उपत्यकामा मानिसहरुको भागदौड नै मच्चिएको थियो । मानिसहरु हतपत गर्दै घर बाहिर निस्किएका थिए। तस्विरः साँकेतिक मात्र राखिएकाे छ । – अन्य समाचार हेर्न तल क्लिक गर्नुहोस्***

Leave a Reply

error: Please Dont Copy My Content!! !!