Tuesday, September 29, 2020
Home > धर्म सँस्कृति > आज हनुमानको आराधना गरे के के फाइदा हुन्छ ? जान्नुहोस्

आज हनुमानको आराधना गरे के के फाइदा हुन्छ ? जान्नुहोस्

मंगलबारलाई पवन पुत्र श्रीहनुमानको दिनका रुपमा मानिन्छ । यस दिन हनुमानको आराधना गरे बौद्धिक क्षमता वृद्धि, शत्रु पराजति, शारीरिक पीडा लगायतका सबै प्रकारका कष्टबाट मुक्ति पाइने विश्वास गरिन्छ ।

यदि कुनै ब्यक्ति अपराधका कारण कारागार जीवन बिताइ रहेको छ भने संकल्प लिएर क्षमा प्रार्थना गरी भविष्यमा कुनै पनि प्रकारका कुकर्म नगर्ने वचनसहित हनुमान चालीसाको १०८ पटक पाठ गरेमा उसको कारागार जीवन छोटिने धार्मीक मान्यता छ ।

हनुमानको कृपा भएमा शनि र यमराजले समेत कुनै हानी पुर्‍याउन सक्दैनन् । त्यसैले शनि ग्रहको पीडाबाट छुटकारा पाउने चाहाना भएमा हरेक मंगलबार हनुमान मन्दिरमा गई हनुमान चालीसा पाठ गर्नुहोस् । साथै शनिबारका दिन सुन्दरकाण्ड वा हनुमान चालिसा पाठ गरेमा शनि भगवानको समेत कृपा प्राप्त हुन्छ । तर मंगलबार र शनिबार भुलेर पनि मदिरा वा मांसाहारी भोजन गर्नुहुदैन ।

कुनै रोगबाट पीडित हुनुहुन्छ वा घरमा कोही बिरामी छ भने हनुमानजीको प्रतिमा सामु जलको एक पात्र राखेर २६ वा २१ दिनसम्म नियमित हनुमान चालिसाको पाठ गरे रोगबाट मुक्ति मिल्ने धार्मीक विश्वास छ । उक्त जललाई हरेक दिन ग्रहण गर्नुहोस् र भोलीपल्ट अर्को जल राख्नुहोस् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!