Saturday, September 26, 2020
Home > भिडियो > बिदाई समारोहमा कुलमान भावुक बने, उनकाे भनाइ यस्तो छ, हेर्नुस भिडियो!

बिदाई समारोहमा कुलमान भावुक बने, उनकाे भनाइ यस्तो छ, हेर्नुस भिडियो!

काठमाण्डौं । नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भावुक अभिव्यक्ति दिएका छन् । उनले विगत चार वर्षमा आफूले गरेका प्रयासले प्राधिकरणको गरिमालाई उच्च वनाएको बताए। बिदाई समारोहमा घिसिङले भने, ‘अगामी दिनमा यसको गरिमा अझ उच्च हुंदै जाओस्, मेरो सधै नै साथ, सहयोग र समर्थन रहिरने छ । नेतृत्वको निरन्तरता वा परिवर्तन नियमित एवं स्वाभाविक प्रकृया हो ।
समाचारकाे पुरा भिडियो हेर्नु यहाँ क्लिक गर्नुहाेस***

यसलाई हामी सवैले आत्मसाथ गर्नु पर्छ । म यसलाई बुझिदिन सबैलाई अनुरोध गर्दछु । अन्त्यमा सम्पूर्ण नेपाली जनता मेरो प्रेरणाको श्रोत हुन् । आगामी दिनमा मेरा सम्पूर्ण प्रयासहरु नेपाल र नेपाली जनताको समृद्धिको चाहना पूरा गर्नेतर्फ केन्द्रित रहने छन् ।’उनले आफ्नो बिदाइ सम्बोधनमा प्राधिकरणको वित्तीय अवस्था अत्यन्त नाजुक भएको र प्राधिकरणको आव २०७२/७३ सम्ममा संचित घाटा रु.३४ अर्ब ६१ करोड पुगेको थियो भने सोही वर्ष ८ अर्ब ८९ करोड खुद नोक्सानी रहेको समेत जानकारी दिए ।

उनले थपे, एकातर्फ कहालिलाग्दो अँध्यारोले मुलुक अक्रान्त थियो भने अर्कोतर्फ प्राधिकरणको घाटाको ग्राफ बढ्दो क्रममा थियो । प्रणालीमा वार्षिक विद्युत् चुहावट २५.७८ प्रतिशत थियो, करिब ६३ प्रतिशत जनता मात्रै ग्रीडको विद्युत पहुँचमा थिए । सरकारले मलाई दिएको मुख्य जिम्मेवारी पनि लोडसेडिङको अत्य गरी अँध्यारो युगलाई उज्यालो बनाउने र प्राधिकरणको सुधार गर्ने नै थियो ।

घिसिङले वर्षभरीमा सबैभन्दा बढी विद्युत माग हुने तिहारको लक्ष्मीपूजाका दिन कुशल व्यवस्थापन एवं प्रभावकारी प्रणाली संचालनमार्फत परीक्षणको रुपमा मुलकभरी निरन्तर विद्युत आपूर्ति गर्न सफल भएकोमा खुशी ब्यक्त गरे । उनले २०७३ को लक्ष्मीपूजाको दिन लोडसेडिङ अन्त्य गरी मुलुकलाई उज्यालो बनाउने प्रस्थान विन्दु भएको र लक्ष्मी पूजाका दिन हासिल भएको सफलताले सबैलाई थप हौसला प्रदान गरेको बताए।

घिसिङले अगाडि थपे, ‘त्यसपछि पहिलो चरणमा राजधानीसहित मुलुकका प्रमुख शहरमा लोडसेडिङ अन्त्य गर्नतर्फ हामी केन्द्रीत भयौं । अन्ततः मुलुकलाई उज्यालोतर्फ अगाडि बढाउन सफल भयौं । वैशाख २०७५ देखि औद्योगिक ग्राहकका लागि पनि लोडसेडिङ अन्त्य गरी मुलुकबाट लोडसेडिङलाई इतिहासमा बिलय गराइदिएका छौं ।’

सरकारले म्याद नथपेपछि घिसिङ प्राधिकरणबाट बिदा भएका छन् । उनको ठाउँमा अर्कै व्यक्तिलाई ल्याउने तयारी भै रहेको बुझिएको छ ।
समाचारकाे पुरा भिडियो हेर्नु यहाँ क्लिक गर्नुहाेस***

Leave a Reply

error: Please Dont Copy My Content!! !!