Monday, September 28, 2020
Home > अन्तराष्ट्रिय > पोर्चुगलको जंगलमा भिषण डँढेलो, स्थिति त्रसादिपूर्ण!

पोर्चुगलको जंगलमा भिषण डँढेलो, स्थिति त्रसादिपूर्ण!

लिस्बन –एपी । मध्य पोर्चुगलको जंगलमा सोमबारदेखि भिषण डँढेलो (आगलागी)शुरु भएको छ । आगो निभाउन झण्डै एक हजार अग्निनियन्त्रक तथा १५ वटा पानी खन्याउने बिमानहरु परिचालन गरिएको पोर्चुगलका अधिकारीहरुले बताएका छन् ।

राजधानी लिस्बनबाट उत्तरतर्फ करिब २०० किलोमिटरको दूरीमा आगोको मुस्लो देखिएको छ । स्थानीय अग्निनियन्त्रक कमान्डर लुइस बेलो कोस्टाले जंगलको आगो झण्डै ५५ किलोभर क्षेत्रमा फैलिएको जानकारी दिए । सुख्खा मौसम र जंगलभित्रका साना बुट्यान सुकेकाले पनि आगो नियन्त्रण बाहिर पुगेको छ ।

पोर्चुगलमा हरेक वर्ष ठूलो वन डढेलो लाग्ने गर्दछ । कमजोर वन व्यवस्थापन आगलागीको मुख्य कारण रहेको बताइएको छ । तीन वर्षअघिको वन डढेलोमा परेर १०६ जनाको ज्यान गएको थियो । -अन्य समाचारहरूकाे भिडियो हेर्न तल क्लिक गर्नुहाेस***

Leave a Reply

error: Please Dont Copy My Content!! !!