Tuesday, September 29, 2020
Home > समाचार > अन्ततः अमेरिकाले पत्ता लगायो कोरोनालाई निस्कृय पार्ने उपचार बिधि!… हेर्नुहाेस्

अन्ततः अमेरिकाले पत्ता लगायो कोरोनालाई निस्कृय पार्ने उपचार बिधि!… हेर्नुहाेस्

युनिभर्सिटी अफ पिटर्सवर्ग स्कुल अफ मेडिसिनका वैज्ञानिकहरुले कोरोनालाई निस्क्रिय बनाउने उपचारविधि पत्ता लगाएका छन् । उनीहरुले सार्स–कोभ २ भाइरस निष्क्रिय बनाउने निकै सानो बायोलोजिकल कण विश्वविद्यालयमा आइसोलेटेड गरेका छन् । यो एन्टीबडीको तत्त्व पूर्ण आकारको एन्टीबडीभन्दा १० गुणा सानो छ र एबी ८ नाम औषधि बनाउन यसको प्रयोग गरिएको छ । – अन्य समाचार सम्बन्धी भिडियोहरू हेर्न तल क्लिक गर्नुहाेला****

वैज्ञानिकहरुले सेल नामक जर्नलमा प्रकाशित गरेको रिपोर्टमार्फत यो जानकारी बाहिर आएको हो । सार्स–कोभ–२ को सम्भावित रोकथामका लागि यो औषधिलाई महत्त्वका साथ हेरिएको छ । रिपोर्टमा उल्लेख भएअनुसार परीक्षणका दौरान मुसा र ह्याम्स्टर्समा सार्स–कोभ २ रोकथाम र उपचारका लागि यो औषधि निकै प्रभावकारी देखियो । रिपोर्टका अनुसार यो औषधि मानव शरीरमा नरहने भएकाले यसको नकारात्मक असर पनि पर्नेछैन ।

‘एबी ८ कोभिड १९ को उपचारका लागि मात्रै होइन मानिसहरुलाई सार्स–कोभ २ बाट संक्रमणबाट जोगाउन पनि काम लाग्नेछ,’ सहलेखक जोन मेल्लोर्सले भनेका छन्,‘ ठूलो आकारका एन्टीबडीहरुले अन्य संक्रामक रोगका लागि काम गरेका छन् र त्यसलाई सहन पनि सकिएको पनि छ, जसले हामीलाई यो आशा दिएको छ कि यो औषधि कोभिड–१९ बिरामीहरुका लागि प्रभाकारी हुनसक्छ । त्यस्तै कहिल्यै संक्रमित नभएका र यसविरुद्ध प्रतिरोधी नरहेका मानिसहरुको रक्षार्थ पनि यो महत्त्वपूर्ण हुनसक्छ ।’

रिपोर्टमा उल्लेख भएअनुसार युनिभर्सिटी अफ टेक्सास मेडिकल ब्रान्च सेन्टर फर बायो डिफेन्स एन्ड इमर्जिङ डिजिजेस र गालभेस्टन नेशनल ल्याबोरेटरीको टोलीले एबी ८ को परीक्षण गर्दा यस औषधीले सेल्समा भाइरस प्रवेश गर्न रोकेको पाइयो । एबी ८ बाट उपचार गराएका मुसाहरुमा उपचार नगरेका मुसाहरुको दाँजोमा १० गुणा कम संक्रामक भाइरस पाइयो ।

ठूलो आकारका एन्टीबडीहरुले अन्य संक्रामक रोगका लागि काम गरेका छन् र त्यसलाई सहन पनि सकिएको पनि छ, जसले हामीलाई यो आशा दिएको छ । – समाचार सम्बन्धी भिडियोहरू हेर्न तल क्लिक गर्नुहाेला**** स्रोत : फक्स न्यूज

Leave a Reply

error: Please Dont Copy My Content!! !!