Thursday, October 1, 2020
Home > समाचार > बाबुले नै यसरी लिए आफ्नै छोराकाे ज्यान

बाबुले नै यसरी लिए आफ्नै छोराकाे ज्यान

भाद्र २० पर्सा- पर्साको पोखरिया नगरपालिकामा छु राले प्रहारले बुवाले छोराको ह’त्या गरेका छन् । नगरपालिकाको वडा नं. ६ श्रीसियाका स्थानीय ७० वर्षीय लक्ष्मी साहले सोमबार राति ८ बजेतिर प्रहार गरेको छु राले ३५ वर्षीय छोरा माधो साहको ज्यान गएको प्रहरीले जनाएको छ । छु रा प्र हार गर्ने लक्ष्मी साहलाइ इलाका प्रहरी कार्यालय पोखरियाले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक चन्दकुमार सिंहले बताए । छुरा प्रहारबाट गम्भीर घाइते भएका माधोको उपचारका लागि वीरगञ्ज लाने क्रममा बाटोमा मृ त्यु भएको प्रहरीले जनाएको छ ।

यो पनि हेर्नुसः फेरि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

काठमाडौ । पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित चोरखोलामा राति १०ः३० बजे पुनः पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । सोमवार दिउसो पनि पहिरोका कारण सो सडकखण्ड अवरुद्ध भएको थियो ।

सोमबार दिउँसो सोही ठाउँमा गएको पहिरो पन्छाएर साँझ एकतर्फी सडक सञ्चालनमा ल्याइएको भएपनि मंगलवार विहान पुनः पहिरो खसेपछि दुइतर्फी नै सडक अवरुद्ध बनेको छ । पानी परिरहेकाले पहिरो पन्छाउने काम शुरु गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।

यस्तै सडकखण्डअन्तर्गत भरतपुर महानरगपालिका–१ भतेरीमा पनि सालको रुख ढलेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । नारायणगढ–मुग्लिन सडकखण्डमा यस वर्षमात्रै दर्जनौँपटक पहिरो गएर सडक अवरुद्ध भएको छ ।

तलकाे भिडियो हेर्नुस्

Leave a Reply

error: Please Dont Copy My Content!! !!