काठमाण्डौं, भदौं ३० । केही हप्ता अगाडी न्याय सम्मान र स्वतन्त्राको लागि टर्कीमा एउटा कानुन ब्यबसायी अधिवक्ता Ebru ले भोक हड्ताल गर्दा २३८ दिनमा आफ्नो जिवन त्याग गरिन । उनी प्रति श्रद्धाभावका साथ हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछु । आज यता पनि लामो समय देखि नेपालमा बरीष्ठ हाड जोर्नी बिषेशज्ञ डा गोबिन्द केसीको हालत त्यस्तै छ । उनी लामो समय देखि सरकारलाई आफ्नो बली चढाउन बाध्य भई रहेका छन् ।
बिगतमा डा केसीले सामान्य जन्ताको स्वास्थ्य उपचारमा पहुंचको लागी आफु सरकारी सेवामा नियुक्त रहेको बेलामानै थुप्रै पटक अनसन आबरण अन्सन बसे अनी त्यसको रापबाट बच्न आफुलाई लोकतान्त्रिक र मानव अधिकारको हिमायती कहलाउने शासकहरूले बिभिन्न वार्ता टोली र आयोगहरु बनाई डा गोबिन्द केशी संग थुप्रै लिखीत सम्झौताहरू गरे तर कार्यान्वयन कसैले गरेनन्। डा केसीलाई हाँसोको पात्र बनाए ।
आज तिनै डा गोबिन्द केशी सरकारी सेवाबाट अबकास प्राप्त गरे पस्चात सम्पूर्ण बिलासीतालाई त्याग गरी सुख्खा रोटीको भरमा स्वत स्फूर्त दुखी अनी गरीब जन्ताको लागी भौगोलिक बिकट जुम्लामा एक्लै लडी रहेका छन् । आजैबाट जुम्लामा कर्णालीकै प्रसिद्ध बाबीरा मष्ठा मन्दीरमा अनसनमा बसेका छन् ।
उनको स्वार्थ के सरकार बिरोधी छ? के जन बिरोधी छ ? हैन भने एउटा सामान्य चिकित्सक सँग किन यती धेरै आतिएको छ सरकार । आज त उनीसँग हिजोको जस्तो वरीपरी घुम्ने साथ दिने न जमात नै छ न त उन्लाई हातमा हात दिने चिकित्सक संघ नै छ छत केबल उन्कै आफ्नो दृढ इच्छाशक्ति, उन्को चिकित्सकीए लामो अनुभब र उन्को जीर्ण अनी थाकेको शरीर। गत हप्ता देखिनै जुम्लामा सरकारले उनि माथि हिड्डुलमा समेत प्रतिबन्ध लगायएको समाचारहरु आउन थालेका छन् ।
सरकारको रबैया यस्तै रही रहे डा केशीको हालत पनी टर्कीको कानुन ब्यबसायी Ebru Timtik को जस्तै हुने निश्चित छ । त्यसकारण डा. गोबिन्द केशीलाई कित मानसिक संतुलन बिग्रेको करार गरि मानसिक अस्पतालमा भर्ती गर, कि त देशद्रोही करार गरि थुनामा राख, होइन भने उन्को भाबनाको सम्मान गर, उन्को इज्जत गर, उन्को साधारण जीवन उच्च बिचारको कदर गर, उनी संग भएको चिकित्सकीय क्षमताको सदुपयोग गर, दुर्गममा बसोबास गर्ने स्वास्थ्य सेवाबाट बंन्चीत जन्तालाई उनीबाट लाभ लिन बन्देज नगर ।
बरु सक्छस भने डा गोविन्द केसी जस्तो सेवा भाब त्याग समर्पणले भरिपूर्ण हजारौं चिकित्सक उत्पादन गर्न लाग जस्ले हाम्रो स्वास्थ्य प्रणालीको संरचनामा नै ठुलो परिवर्तन गर्न टेवा पुर्याओस । हैन भने भएको एउटा डा गोविन्द केशीलाई पनी Ebru Timtik जस्तै किन मर्न बिवस गर्दैछौ। डा गोबिन्द केशीको मृत्युपछि सामाजिक संजालमा रोईलो गरेर र टर्कीमा २३८ दिनको आमरण अनसन पस्चात जिवन लिला समाप्त भएको अधिबक्ता Ebru Timtikलाई जस्तै सम्बेदना दिएर पनि केहि हुंदैन । हुन्छ त केवल एक “साधारण जिवन उच्च बिचार” अनुयायीको अन्त्य अनि ढोंगी मानबहिन्ताको पराकाष्ठ, बिवेक सुन्यहरुको अट्हांस ।
त्यसकारण आउनुस डा गोविन्द केशीले अब जुम्लामा कर्णाली कै प्रसिद्ध बाबीरा मष्ठा मन्दिरमा अनाहकमा मृत्युबरण गर्नु भन्दा अघि नै उनको भावनाको सम्मान गरौ, उनको इज्जत गरौ थोरै भए उनको आवाजमा हाम्रो आवाज थपौं उनले हौसला प्रदान गरौं उनी जस्तै बन्न अरु स्वास्थ्य कर्मीलाई प्रेरित गरौं । अनी सरकारलाई आँखा खोल्न बाध्य बनाउ। जय देश ।
लेखक: अधिवक्ता किरण शाह ।