Thursday, October 1, 2020
Home > जीवनशैली > कोरोनाले दिएकाे अवसरः विदेश जान नपाएपछि देशमै यस्तो ब्यापार

कोरोनाले दिएकाे अवसरः विदेश जान नपाएपछि देशमै यस्तो ब्यापार

बैदेशिक रोजगारी कुवेतबाट मार्च ६, २०२०मा नेपाल बिदामा आएको केहि समय मात्र भएको थियो प्रेम बहादुर श्रेष्ठ को । केहि महिना छोरी होस्टेल बाट आएकोले उनीसँग बिताउनु भयो । यतिकै मा चैत्र ११ गते देखी नेपाल मा बन्दाबन्दी सुरु भयो कोरोना देखिन थाल्यो । स्कूलहरु बन्द हुन थाले, करीब दुइ महिनाको बिदा थियो उहाको ।

लामो समय यतिकै बित्यो कहिले सुतेर कहिले यतिकै घरायसी कामहरु गरेर, कहिले उता च्यामासिंह तिरका गाउहरु घुमेर लामो समय यसरी बस्नु धेरै पट्यार लाग्दो हुने । करीब १७ बर्ष भएको थियो उहाको बिदेशको बसाइ कहिले बिदा मा नेपाल आउने परिवार भेट्ने गर्नु हुन्थियो ।

उहाको भाइ याम श्रेष्ठले भने करीब डेढ साल अघि नै कुवेतबाट फर्केर भक्तपुरको नङ्खेल करीब ९ महिना अघि खाजा घर को ब्यवसाय सुरु गरिसक्नु भएको थियो । कहिले भाईको खाजा घरमा कहिले फ्रोजन मम बनाएर सहयोग गर्दै दिन बिताउदै आउनु भएको थियो । भाइ याम श्रेष्ठ कुवेत मा अरबिक होटेलमा कुक हुनुहुन्थ्यो । २०१९ कुवेतबाट फर्केर कुखुरा पालन पनि गर्नु भयो याम श्रेष्ठले ।

शीप र लगन भएको मानिसलाई कहि गएर पनि काम गर्न जागर चल्ने गर्दछ, यस्तै सोच राखेर उहाँ र उहाँको भाइ याम श्रेष्ठ र नजिकको नातेदार दाई पर्ने मिलेर यही सेप्टेम्बरको पहिलो हप्तादेखि फेरि नयाँ काम गर्ने सोच राख्नु भयो । एक त बन्दाबन्दी, बिदेशको बिदा सकिसकेको भए पनि यो बन्दाबन्दीले गर्दा बिदेश फर्किन पाउनु भएन । अब गर्ने के त भनेर उहाहरुको सल्लाह, सहमति र सहकार्यमा उहाहरुले नयाँ सोच लिएर चाउमिन बनाउने मसिन खरिद गर्ने सोच्नु भयो र सुरु भयो उहाँहरुको नयाँ ब्यावसाय । त्यसो त भाइको खाजा घरमा सबै सामान उपलब्ध नै थियो केवल मेसिन थिएन । त्यो मेसिन पनि उहाँहरुले एक लाख पाँच हजारमा काठ्मान्डाैंको टेकुबाट खरिद गर्नु भयो र मेसिन र भाडा गरेर करीब डेढ लाखको खर्च भयो भन्नु हुन्छ प्रेम बहादुर श्रेष्ठ ।

अब सुरु भयो नयाँ दैनिकी उहाहरुको, यो बन्दाबन्दीले उहाहरुलाई अवसर दियो । तर उहाहरुले ब्यावसायिक हिसाबले दर्ता गर्न पाउनु भएको छैन । चाउमिन बनाउदा पिठो, पानी मात्र चाहिने हुनाले, ती सबै आफैसँग भएकोले सहज भएको र यस्को लागि करीब दुई बोरा पिठो को रु २००० पर्ने गरेको र अहिले सम्म १४० प्याकेट बनाएर बेचिसकेको र एक प्याकेटमा ८०० ग्राम हुने र रु. ५५ पर्ने गरेको र दैनिक १५० देखि २०० प्याकेट बनाउने गरेको बताउनु हुन्छ प्रेम बहादुर श्रेष्ठ ।

अहिले पुर्ण रुपमा शुरु नगर्दासम्म कम पैसामा बेच्ने गरेको र बिशेष गरि यो चाउमिनको प्याकेट साना साना खाजा होटेलहरुमा नै बढी बिक्री हुने गर्दछ । हुन त आजकल दैनिक रुपमा नै यो खाजाको रुपमा धेरै नै खाइने हुनाले यसले चाडै नै बजार लिने कुरामा आशावादी रहौ हामी पनि । नेपालमा पनि प्रेम बहादुर श्रेष्ठ जस्ता कयौ बिदेशबाट बिदामा नेपाल आएर जान नपाएकाहरु भने कोहि कुखुरा पालन गर्दै छन भने कोही चाउमिन फ्याक्ट्री चलाउदै छ्न ।

हेर्नुस केहि तस्विरहरूः

Leave a Reply

error: Please Dont Copy My Content!! !!