Sunday, December 5, 2021
Home > समाचार > भर्खरै निर्मला हत्या प्रकरणबारे अनुसन्धान टाेलीबाटै अायाे नसाेचेकाे सूचना

भर्खरै निर्मला हत्या प्रकरणबारे अनुसन्धान टाेलीबाटै अायाे नसाेचेकाे सूचना

अहिलेसम्म आइपुग्दा प्रहरीको ध्यान फेरि मानसिक सन्तुलन गुमाएका भनिएका दिलिपसिंह विष्टतिर नै मोडिन थालेको छ । बम दिदीबहिनी, एसपीका छोरा र मेयरका भतिजमाथि शंका गर्ने आधार नभेटिएको भन्दै प्रहरीको नजर दिलिपसिंहतिर सोझिएको हो ।

यसअघि जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको टोलीले घटनाको अनुसन्धान थालेको २६ औं दिनमा भीमदत्त नगरपालिका–१९, बागफाँटाका ४१ वर्षीय दिलिपसिंह विष्टलाई मुख्य अभियुक्तको रुपमा सार्वजनिक गरेको थियो । तर, स्थानीयले विष्ट मानसिक सन्तुलन गुमाएको व्यक्ति भएको र घटनामा उनको संलग्नता नभएको आरोप लगाउँदै आन्दोलन चर्काएका थिए । त्यसक्रममा प्रहरीको गोली लागेर एकजना बालकको मृत्युसमेत भयो ।

सरकारले कारागार व्यवस्थापन विभागका महानिर्देशक हरिप्रसाद मैनालीको नेतृत्वमा छानबिन समिति गठन गर्‍याे । अहिले सो उच्चस्तरीय समितिले अनुसन्धान अन्तिम चरणमा पुगेको जनाएको छ सुरुमा जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले गरेको अनुसन्धानका क्रममा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का डीएसपी नेतृत्वको टोलीले समेत प्राविधिक सहयोग गरेको थियो । स्थानीयको विरोधपछि अहिले वरिष्ठ उपरीक्षक (एसएसपी) नेतृत्वमा सीआइबीको टोली कञ्चनपुर खटिएको छ ।

एसएसपी ठाकुरप्रसाद ज्ञवालीको नेतृत्वमा डीएसपी कमल थापा र दुई जुनियर प्रहरी अधिकृतसहित गएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालयसँगको समन्वयमा घटनाको सुक्ष्म अध्ययन, विश्लेषण र अनुसन्धान गरिरहेको छ ।सूत्रहरुका अनुसार प्रहरीको नयाँ अनुसन्धान टोलीले गरेको अनुसन्धानको प्रमाणले पनि मानसिक सन्तुलन गुमेका भनिएका दिलिपसिंह विष्टतर्फ नै संकेत गरेको छ ।

त्यसैले यो घटनामा निर्मलाका हत्यारा अरु नयाँ व्यक्ति फेला नपर्ने र घुमीफिरी रुम्जाटार भनेजस्तो पुरानै व्यक्ति दोषी ठहरिन सक्ने प्रहरी अनुमान छ ।प्रहरीबाट यसअघि सार्वजनिक गरिएका र उपचारका लागि काठमाडौं ल्याइएका दिलिपसिंह विष्टको डीएनए परीक्षण गर्ने र त्यसको रिपोर्ट आएपछि सत्य कुरा छर्लङ्ग हुने प्रहरी अधिकारीहरुले विश्वास गरेका छन् । मानसिक सन्तुलन गुमाएको व्यक्तिसमेत बलात्कार र हत्याको घटनामा संलग्न हुन सक्छ भन्ने प्रहरी अधिकारीहरुको दाबी छ ।

साभार : ionnepal.com

Leave a Reply

error: Please Dont Copy My Content!! !!